२०८१ बैशाख २४ , सोमवार

यु–१९ क्रिकेट उपाधि विजेता टोली स्वदेश फर्कियो, आगामी दिन चुनौति पूर्ण

thumb (1)

सुनाखरी न्युज/ काठमाडौं ।
मलेसियामा भएको एसीसी यु-१९ प्रिमियर कपको उपाधि विजेता नेपाली पुरुष क्रिकेट टोली बिहीबार स्वदेश फर्किएको छ ।

राष्ट्रिय खेलकुद परिषद्का सदस्य अञ्जन धमला, नेपाल क्रिकेट संघका अध्यक्ष चतुरबहादुर चन्दलगायतले टोलीलाई  त्रिभूवन अन्तर्राष्ट्रिय विमानस्थलमा स्वागत गरे ।

नेपालले मंगलबार क्वालालम्पुरस्थित बायोमास ओभल मैदानमा भएको फाइनलमा युएइलाई डकवर्थ लेविस मेथडमा १९ रनले हराउँदै उपाधि जितेको थियो । प्रतियोगिताभर नेपाल अपारजित पनि रह्यो ।