२०८१ जेठ ५ , शनिवार

पाल्पा जिप दुर्घटना: ज्यान गुमाउने सबै एकै परिवारका

thumb (1)

सुनाखरी न्युज/ पाल्पा ।

पाल्पाको रानी महल घुमेर फर्कने क्रममा जिप दुर्घटना हुँदा आइतबार ज्यान गुमाएका ६ जना एकै परिवारका सदस्य रहेको पुष्टि भएको छ । उनीहरू पूर्वी नवलपरासीको देवचुली नगरपालिका रजहरका बासिन्दा हुन् ।

 

दुर्घटनामा ज्यान गुमाउने सबै ६ जना एकै परिवारका परेका छन् । श्रीमान, श्रीमती, सम्धिनी, बुहारी र दुई नातीले ज्यान गुमाएका छन् । देवचुली नगरपालिका १६ रजहर निवासी मृतक ६५ वर्षका कृष्णबहादुर लोहनी, पार्वती लोहनी श्रीमान, श्रीमती हुन् ।

उनीहरूकी बुहारी र दुई नातीहरूको दुर्घटनामा मृत्यु भएको हो । ईसव लोहनी र सबिस लोहनी नाति हुन् । सबिना धिताल बुहारी हुन् । मृतक चुनु धिताल सबिनाकी आमा हुन् ।

घाइते चालक कृष्णबहादुरका छोरा हुन् । ईश्वर आफैंले जिप चलाएका थिए । चालकको अवस्था गम्भीर रहेको जिल्ला प्रहरी कार्यालय पाल्पाका प्रहरी निरीक्षक सन्तोष चन्दले जानकारी दिए । उनीहरू दसैंको छेको पारेर पाल्पा रानीमहल घुम्न गएका हुन् ।

उनीहरू दसैंमा घुम्न जाने भनेर शनिबार घरबाट हिँडेका हुन् । शनिबार भैरहवा बसेर उनीहरूको पाल्पा हुँदै आइतबार पोखरा पुग्ने तालिका थियो । छिमेकीका अनुसार उनीहरू पाल्पा हुँदै आइतबार पोखरा बसेर सोमबार घर आउने कार्यक्रम थियो । एकै परिवारका ६ सदस्यको मृत्युले रजहर गाउँ पुरै शोकमा डुबेको छ ।