२०८१ जेठ ५ , शनिवार

तीन जहाज खरिदका लागि बोलपत्र आह्वान

Plane Nac

सुनाखरी न्युज/ काठमाडौं ।

जहाज खरिदका लागि  नेपाल वायुसेवा निगम (नेपाल एयरलाइन्स) ले तीन वटा बोलपत्र आह्वान गरेको छ।

दुर्गम क्षेत्रमा उडानका लागि तीन जहाज खरिदका लागि बोलपत्र आह्वान गरिएको निगमले जनाएको छ।

निगमले दुर्गम क्षेत्रमा उडानका लागि तीन ट्वीनअटर खरिद गर्न लागेको हो। ती जहाज निगमले आन्तरिक स्रोतबाट खरिद गर्ने जनाइएको छ। निगमसँग हाल आन्तरिक उडानतर्फ दुई वटा ट्वीनअटर जहाज छन्।