२०८१ बैशाख २२ , शनिवार

विन्ध्यवासिनी माध्यमिक विद्यालयमा प्रतिभा पहिचान कार्यक्रम सम्पन्न

Capture

शिशिर उजाड/ पोखरा । पोखराको बाटुलेचौरमा रहेको विन्ध्यवासिनी माध्यमिक विद्यालयमा नेपालीजनका महत्वपुर्ण पर्वको अवसरमा शुभकामना आदान प्रदान तथा प्रतिभा पहिचान कार्यक्रम सम्पन्न भएको छ ।

 

विद्यालयमा गठित वाल क्लवको आयोजनामा गायन, नृत्य र अभिनय विघामा विद्यार्थी विच प्रतिस्पर्धा भएको विद्यालयका संगित शिक्षक संगित गायकले जानकारी दिए। कार्यक्रम अन्र्तगत गायन प्रतियोगितामा नम्रता परियार प्रथम,बिवासा परियार दोस्रो, रोशिका वि.क तेस्रो र सुमन परियारले सान्त्वना स्थान प्राप्त गरेका छन् । अभिनय विधामा कक्षा ५ मा अध्ययनरत श्रीषा वाँनिया, सक्षम परियार,सुफी गुरुङ,सम्झना परियार, समिक्षा मगर प्रथम र नृत्य तर्फ तहगत रुपमा पुजा सुनार, तिलिजा पुन प्रथम,एञ्जिला भट्टराई,सर्मिला मगर दोस्रो , इसिका तामाङको समुह, आरती वि.क तथा रोशन वि.क तेस्रो र खुशी नेपालीे सान्त्वना भएका छन् । कक्षा ४ देखि १२ सम्मका विद्यार्थीले सहभागिता जनाएको प्रतियोगितामा हिमाली साँस्कृतिक परिवारका सदस्य गम्भीर वर्देवा, पोखरा प्रज्ञा प्रतिष्ठानका प्राज्ञ सदस्य दिलिप गायकले प्रतिभा पहिचानमा सहभागी विद्याथीैको मुल्यांकन गरेका थिए ।

 

विजयी विद्याथीलाई पोखरा १६ का वडाध्यक्ष अमृत शर्मा तिमिल्सीना, विद्यालय व्यवस्थापन समितिका जेष्ठ सदस्य गुरुदत्त भट्टराई, विद्यालयका प्रधानाध्यापक कृष्णप्रसाद आचार्य र शिक्षक अभिभावक संघका अध्यक्ष भिमप्रसाद पौडेलले पुरस्कार तथा प्रमाणपत्र वितरण गर्नुभयो ।सोही अवसरमा पोखरामा आयोजित गण्डकी स्टार सिजन ४ मा नृत्य तर्फ प्रथम हुन सफल सोही विद्यालयमा कक्षा १२ को विज्ञान संकायमा अध्ययनरत करिना गहतराजलाई सम्मान समेत गरिएको छ ।कार्यक्रममा वोल्दै वडाध्यक्ष तिमिल्सीनाले दशैं, तिहार जस्ता साँस्कृतिक पर्व एकताको प्रतिक भएको वताँउदै, यस्ता पर्वको धार्मिक तथा साँस्कृतिक पाटोलाई सधै जोगाईराख्नु पर्ने वताए । विद्यालयका प्रधानाध्यापक आचार्यले नेपालीजनका महत्वपुर्ण पर्वको शुभकामना व्यक्त गर्दै, विद्यार्थीका लुकेको प्रतिभा उजागर गर्न कार्यक्रम सफल भएको वताए । वाल क्लवकी संयोजक शिक्षक तारा अधिकारीको अध्यक्षतामा भएको कार्यक्रममा समितिका जेष्ठ सदस्य भट्टराई, सहायक प्रधानाध्यापक रामवहादुर वाँनिया लगायतले प्रतिभा पहिचानमा वाल क्लवले खेलेको भुमिका उल्लेखिय रहेको भन्दै प्रशैसा गरे ।

 

दुई दिनसम्म चलेको कार्यक्रमको संचालन विद्यार्थीद्वय आयुषा परियार र पुर्णिमा भट्टराईले गरेका थिए । सो अवसरमा एक आपसमा शुभकामना आदान प्रदान समेत गरेको वताईएको छ ।