२०८१ जेठ ५ , शनिवार

प्रहरी निरीक्षक तथा प्रहरी सहायक निरीक्षक पदमा नयाँ भर्नाका लागि दरखास्त आव्हान

394263335_651917890404071_2253341015381324232_n

सुनाखरी न्युज/ काठमाडौं । नेपाल प्रहरीमा जनपद प्रहरी समूहतर्फ रिक्त प्रहरी निरीक्षक र प्रहरी सहायक निरीक्षक पदमा खुला प्रतियोगिताद्वारा समावेशी प्रावधान बमोजिम पदपूर्ति गर्न नयाँ भर्नाका लागि दरखास्त आव्हान गरिएको छ । प्रहरी निरीक्षक पदका लागि ९६ जना र प्रहरी सहायक निरीक्षक पदका लागि २ सय ६० जना नयाँ भर्नाका लागि दरखास्त आव्हान गरिएको हो ।

प्रहरी निरीक्षक पदमा दरखास्त दिने उम्मेदवारहरूले नेपाल प्रहरीको Online Recruitment Management System (ORMS) मार्फत अनलाइन दरखास्त दिनुपर्ने छ । अनलाइनबाट दरखास्त दिन नेपाल प्रहरीको वेबसाइट www.nepalpolice.gov.np को Career भित्र Online Application वा https://careers.nepalpolice.gov.np मा गई काठमाडौं उपत्यका प्रहरी कार्यालय रानीपोखरी तथा ७ वटै प्रदेश प्रहरी कार्यालयहरूमध्ये एक छनौट गरी फारम भर्न सकिने छ ।

साथै प्रहरी सहायक निरीक्षक पदमा दरखास्त दिन काठमाडौं उपत्यका प्रहरी शिक्षालय महाराजगंज काठमाडौं तथा ७ वटै प्रदेश प्रहरी तालिम केन्द्रहरु विराटनगर, जनकपुर (हाल राजविराज सप्तरी), दुधौली सिन्धुली, पोखरा, बुटवल, सुर्खेत (हाल नेपालगंज) र दिपायलमा उम्मेदवार स्वयम् उपस्थित भई दरखास्त फारम संकलन तथा दर्ता गर्न सकिने छ ।

नयाँ भर्ना हुन इच्छुक नागरिकहरुले कात्तिक १९ गतेदेखि मंसिर २९ गतेसम्म प्रहरी निरीक्षकको हकमा अनलाइन प्रणालीमार्फत र प्रहरी सहायक निरीक्षकको हकमा सम्बन्धित कार्यालयहरूमा कार्यालय समयभित्र दरखास्त फारम लिन तथा बुझाउन सक्नेछन् । दरखास्त आव्हान सम्बन्धी विस्तृत विवरण सहितको सूचना तथा सम्बन्धित पदको पाठ्यक्रम नेपाल प्रहरीको वेबसाइटमा समेत राखिएको छ ।

May be an image of blueprint, floor plan, map and text

May be an image of blueprint and text

May be an image of text that says 'नागरिकताको प्रतिलिपि। साइजको प्रतिलिपि एक/एक) प्रति (प्रत्येकतहको चारित्रिक, शिक्षा निर्धारणको प्रमाण ऐनमा जातिको सूचीको गरीत प्रमुखको सिफारिसमा जिल्ला आधारमा, प्रमुखको सिफारिसमा जिल्ला अधिकारीबाट हुम्ला) दरखास्त दरखास्त नागरिकता जारी फोटो, दस्तखत, औठा ORMS प्रणालीले तोकिए (दाँया/बाँया) नागरिकताको प्रमाणपत्रको Connect गरी दरखास्त Registration प्रकृया प्राप्त Username देखिने Scanned Copy Upload परीक्षा अनुसारको राजस्व अनुरूप बुझाउनु दरखास्त दस्तुर Offline प्रणालीबाट भुक्तानी गर्दा भएको सम्बन्धित भुक्तानी स्वास्थ्य परीक्षण, शारीरिक तन्दुरुस्ती प्रणालीबाट महालेखाको Code सहितको आयोगबाट सज्चालन हुँदा आयोगद्वारा तोकेको परीक्षा केन्द्रहरुमा सज्चालन Choice) प्रश्नको गलत जानकारी प्रश्नको स्वास्थ्य परीक्षण, परीक्षणर अन्तरवार्ता। (Capita Lettr) दिइनेछ कार्यालयहरु काठमाण्डौ प्रशिक्षण रानीपोखरी काठमाण्डौमा दरखास्त शारीरिक उम्मेदवारहरुको परीक्षा'

May be an illustration of blueprint and text