२०८१ बैशाख २४ , सोमवार

युवाहरुलाई ज्ञान र सिप लिएर फर्कने सन्देश दिंदै नबिल बैंकको दसैँ भिडियो सार्वजनिक

Capture

सुनाखरी न्युज/ काठमाडौं । नबिल बैंक लिमिटेडले छोराछोरी विदेश भएका सम्पूर्ण आमाबुवाको मर्म समेटेर सन्देशमूलक दसैँं भिडियो सार्वजनिक गरेको छ ।

 

विभिन्न समय परिस्थितिअनुसार देखिएको समस्यालाई सामना गर्ने गरी अभिप्रेरित गर्न र सामाजिक भावना दर्साउन भिडियो सामग्री पस्कँदै आएको उक्त कम्पनीले बडादसैँंको पूर्वसन्ध्यामा उक्त भिडियो सार्वजनिक गरेको हो । उक्त भिडियोमार्फत् छात्रवृत्तिमा जानु वा वैदेशिक अध्ययनमा जानुको अर्थ विदेश पलायन भएको होइन भन्ने सन्देश समाज र अभिभावकलाई दिन खोजिएको छ । भिडियोमार्फत् उच्च शिक्षापछि आफ्ना सन्तानहरू घर फर्किन्छन् र आफूले सिकेको ज्ञान र सीप प्रयोग गरेर यही देशको माटोमै केही गर्न प्रयास गर्नेछन् भन्ने आमाबुवाको आशालाई दर्साउन खोजिएको छ ।

 

साथै भिडियोले वैदेशिक अध्ययनको छात्रवृत्ति निस्कँदा अभिभावकमा आउने खुसी, समाजले गर्ने आशंका र सन्तानले बुझेको बुवाआमाको भावना पनि देखाउन खोजेको छ । कम्पनीले समय- समयमा युवालाई केन्द्रित गर्दै विभिन्न किसिमका कार्यक्रमहरू सञ्चालन गर्दै आएको छ । शैक्षिक कर्जा, युवा उद्यमी कर्जालगायतका कार्यक्रमका साथमा कम्पनीले नबिल सामाजिक उद्यमशीलता अन्तर्गत नबिल एसएसई फेलोसिप तथा सर्टिफिकेट कार्यक्रमहरु पनि सञ्चालन गर्दै आएको छ ।

 

देशभरका २६६ शाखा र ३१० एटीएमबाट १८ लाख बढी ग्राहकलाई सेवा प्रदान गर्दै आएको उक्त कम्पनी नेपालको बैंकिङ इतिहासमा नवीनतम सेवाको सुरुवात गर्ने बैंकको रूपमा परिचित छ ।