२०८१ जेठ १ , मंगलबार

माथिल्लो मैलुङको आईपीओ बाँडफाँट

Capture

सुनाखरी न्युज/ काठमाडौं । माथिल्लो मैलुङ खोला जलविद्युत लिमिटेडको आईपीओ बाँडफाँट भएको छ। कम्पनीको शेयर निष्काशन तथा बिक्री प्रबन्धक सानिमा क्यापिटलको कार्यालयमा यस दिन सो आईपीओ बाँडफाँट भएको हो।

 

कम्पनीले असोज १८ गतेदेखि २२ गतेसम्म सर्वसाधारणका लागि १२ लाख ८४ हजार २०० कित्ता शेयर निष्काशन गरेको थियो। सो शेयरमा कुल ११ लाख ९० हजार २९६ लगानीकर्ताले कित्ता शेयरका लागि आवेदन दिएका थिए। जसमध्ये ११ लाख ८५ हजार ६४२ आवेदन स्वीकृत भएको छ।

मागभन्दा बढी आवेदन परेका कारण धितोपत्र बाँडफाँट निर्देशिका अनुसार गोलाप्रथा प्रक्रियामार्फत १० कित्ताका दरले शेयर बाँडफाँट गरिएको छ। यस अनुसार कुल १ लाख २८ हजार ४२० आवेदकले १० कित्ताका दरले कम्पनीको शेयर प्राप्त गरेका छन्।