२०८१ बैशाख १६ , आइतवार

प्रमोद खरेलको दशैँ–तिहार विशेष ‘परदेशी घर फर्की आइदेऊ न’ गीतको म्युजिक भिडियो सार्वजनिक

Capture

सुनाखरी न्युज / काठमाडौं । प्रमोद खरेलको दशैँ–तिहार विशेष ‘परदेशी घर फर्की आइदेऊ न’ गीतको म्युजिक भिडियो सार्वजनिक भएको छ ।

लोक–आधुनिक शैलीको परदेशीले दशैँ मान्न नपाएको यो गीतमा ऋषि खड्काको शब्द–संगीत रहेको छ । गीतको संगीत संयोजन कमल सौरागले गरेका छन् भने मिक्सिङ–मास्टरिङ कुमार रानाले गरेका हुन् । गीतको अडियो ‘मारुनी’ स्टुडियोमा रेकर्डिङ गरिएको हो ।

गीतको भिडियोलाई आशिर प्रताप जङले निर्देशन गरेका हुन् । राम केसी र टिमले भिडियो खिचेका हुन् भने सम्पादन र कलरिङ अमृत चापागाईंले गरेका हुन् । म्युजिक भिडियोको ‘लिड रोल’मा निर्देशक तथा चर्चित मोडल आशिर प्रताप जङ आफैँले अभिनय गरेका छन् भने फिमेल क्यारेक्टरमा पछिल्लो समयकी चर्चित टिकटकर तथा मोडेल स्मारिका ढकालले उनलाई साथ दिएकी छन् । गीतको भिडियो हार्ट विट नेपालले सार्वजनिक गरेको हो ।