२०८१ बैशाख १६ , आइतवार

राम बन्न रणवीर कपुरले माछामासु र रक्सी नखाने

ranbir kapoor

सुनाखरी न्युज /  काठमाडौं।

भारतीय अभिनेता रणवीर कपुरले मासु र रक्सी नखाने घोषणा गरेका छन्। अहिले उनी आफ्नो आउँदो फिल्म रामायणको शुटिंगमा व्यस्त छन् । यस फिल्मका लागि उनले रक्सी छोड्नुका साथै मासु पनि नखाने घोषणा गरेका छन् । यसअघि पनि उनले फिल्म ‘एनिमल’ का लागि आफ्नो शरीरको ट्रान्सफर्मेशन गरेका थिए । निर्देशक नितेश तिवारीको यो फिल्ममा रणवीर भगवान् रामको भूमिकामा देखिँदैछन्।

 

नितेश तिवारीको फिल्म रामायणमा रणवीरले भगवान रामको भूमिका निभाइरहेका छन् । उनले जहिलेसम्म यो फिल्मको शुटिंग चल्छ त्यतिबेलासम्म यो बानी छोड्ने बताएका छन् । त्यसैले अब उनी ढिला रातमा हुने पार्टी तथा भोजमा पनि जाने छैनन् ।यो भूमिकामा आफूलाई चुर्लुम्म डुबाएका उनले रक्सी छुँदै छोएका छैनन्।

 

सुटिङ पूरा नहुँदासम्म माछामासु पनि हात नलगाउने मिडिया रिपोट्र्सहरु आइरहेका छन्। फिल्म स्टारहरू हरेक फिल्मको क्यारेक्टरमा डुब्न अनेक उपाय अपनाइरहेका हुन्छन्। रणवीरले पनि आफ्नो क्यारेक्टरलाई न्याय प्रदान गर्न फिल्म छायांकन अवधिभर माछामासु नखाने भएका हुन्।