२०८१ जेठ ६ , आइतवार

हङकङले नेपाललाई दियो ९५ रनको लक्ष्य

सुनाखरी न्युज / काठमाडौं ।

 

त्रिकोणात्मक टी—२० क्रिकेट शृङ्खलाको बिहीबारको खेलमा नेपालले जितका लागि हङकङबाट ९५ रनको लक्ष्य पाएको छ ।बिहीबार मुलपानी मैदानमा नेपालले टस जितेर बलिङ रोजेपछि पहिले ब्याटिङ गरेको हङकङ ३ बल खेल्न बाँकी छदा ९४ रनमै अलआउट भयो। हङकङका लागि यासिम मुर्ताजाले सबैभन्दा बढी ३६ रन जोडे। उनले ३६ बलमा २ चौका र १ छक्का हिर्काए। जीशन अलीले १७ रन जोड्दा हङकङका अरु ब्याटरले दोहोरो अंकमा रन जोड्न सकेनन्।

 

हङकङ का लागि दुई ब्याट्सम्यानले मात्र दोहोरो अंकमा रन बनाए । यासिम मुर्तजाले ३६ र जिसन अलीले १७ रन बनाए । हङकङले अन्तिम विकेटका रूपमा एहसान खानलाई चार रनमा गुमाएको थियो । उनको विकेट सोमपाल कामीले लिए । हङकङले अतिरिक्त रूपमा चार रन पायो । दोस्रो विकेट पनि करण केसीले नै लिएका थिए । उनले हङ्कङका अर्का ओपनर ब्याट्सम्यान अंशी राथलाई सात रनको व्यक्तिगत स्कोरमा पेभेलियन फर्काएका हुन् । उनले राथलाई आसिफ शेखद्वारा क्याच गराएका थिए ।

 

हङकङको तेस्रो विकेट सोमपाल कामीले लिएका थिए । उनले हङ्कङका चौथो नम्बरका ब्याट्सम्यान मार्टिन कोएट्जीलाई दुई रनको व्यक्तिगत स्कोरमा बोल्ड गरेका थिए । त्यतिबेला हङकङले चार ओभरमा तीन विकेट गुमाएर १४ रन बनाएको थियो ।हङकङको चौथो विकेट पनि करण केसीले लिएका थिए । उनले हङकङका तेस्रो नम्बरका ब्याट्सम्यान बाबर हायातलाई पाँच रनको व्यक्तिगत स्कोरमा पेभेलियन फर्काएका थिए । करणले हायातलाई कुशल भुर्तेलद्वारा क्याच गराएका थिए । करणले लिएको यो तेस्रो विकेट थियो ।

 

हङकङको पाँचौँ विकेट कुशल मल्लले लिएका थिए । उनले हङ्कङका अजिज खानलाई सात रनको व्यक्तिगत स्कोरमा पेभेलियन फर्काएका हुन् । उनले अजिजलाई करण केसीद्वारा क्याच गराएका थिए । अजिज आउट हुँदा हङकङले ८।२ ओभरमा पाँच विकेट गुमाएर ३३ रन बनाएको थियो ।बलिङमा नेपालका करण केसीले ४ विकेट लिए। उनले ४ ओभरमा १५ रन खर्चिए। यस्तै सोमपाल कामी र अभिनास बोहराले २/ २ विकेट लिए। यसअघि नेपालले बुधबार युएईलाई ७ विकेटले पराजित गरेको थियो। अब नेपालले शनिबार हङकङ र सोमबार युएईसँग खेल्नेछ। त्यसपछि अंक तालिकाको शीर्ष स्थानमा रहने दुई टिमबीच फाइनल हुनेछ।