२०८१ बैशाख २४ , सोमवार

एनसेलले ल्यायो दशैंको लागिआकर्षक रिचार्जमा बोनस अफर

Capture

सुनाखरी न्युज / काठमाडौं । चाडपर्वको अवसरमा एनसेल आजियाटा लिमिटेडले आफ्ना प्रिपेड तथापोस्टपेड ग्राहककालागीआकर्षक रिचार्जमाबोनस अफर ल्याएको छ । अब ब्यालेन्स रिचार्जमा डेटा बोनस स्वरुपपाइने भएकाले ग्राहकले आफ्ना साथीभाई तथा परिवारजनसँग सम्पर्कमा रहिरहेर निर्धक्क कुराकानी गर्न सक्नेछन् ।

बडा दशैं २०८० को उपलक्ष्यमाल्याइएको यो योजनाअन्तर्गत एनसेलले आफ्ना सबै ग्राहककालागी यो आकर्षक अफर सञ्चालनमाल्याएको छ जसअन्तर्गत एनसेलकाप्रिपेड तथापोस्टपेड ग्राहकले रु २०० वा सो भन्दा बढीको रिचार्जमा डेटा बोनस प्राप्त गर्नेछन् । यो योजनाआज (कार्तिक १ गत)े देखीलागु भई कार्तिक १५ सम्म सञ्चालनमा रहने छ ।

रिचार्जमाबोनस योजनाअन्तर्गत, ग्राहकले रिचार्ज गरेको रकमको आधारमा २००० एमबी देखि ८००० एमबीबोनस डेटा प्राप्त गर्नेछन् । रु २०० देखि रु ४९९ सम्म ब्यालेन्स रिचार्ज गर्ने ग्राहकले ४०० एमबीअल टाइम डेटा र बेलुका ११ बजे देखि बेलुका ६ बजे सम्म (१९ घण्टा) प्रयोग गर्न सकिने १६०० एमबी डेटा बोनस स्वरुपप्राप्त गर्नेछन् ।

त्यस्तै रु ५०० भन्दा बढी ब्यालेन्स रिचार्ज गर्ने ग्राहकले २४०० अल टाइम डेटा र बेलुका ११ बजे देखि बेलुका ६ बजे सम्म (१९ घण्टा) प्रयोग गर्न सकिने ५६०० एमबी डेटा बोनस स्वरुपप्राप्त गर्नेछन् । बोनस स्वरुपप्राप्त डेटा भोलुम २ दिनको दिनको लागिमान्य रहने छ ।

यो योजनाअन्तर्गत एनसेल सापटी र ब्यालेन्स ट्रान्सफर मार्फत भएको ब्यालेन्स टप अप बोनसको लागिमान्यहुनेछैन । अन्यकुनै पनिफिजिकलवा डिजिटल माध्यमबाट रिचार्ज गर्ने बित्तिकै बोनस डेटा प्राप्तहुनेछ ।

बडा दशैंको अवसरमाल्याइएको यो विषेश अफरसँगै आफ्नो उत्साह प्रकट गर्दै एनसेलकाप्रमुखकार्यकारी अधिकृत तथाप्रबन्धनिर्देशक जाब्बोर कायुमोभले भने
‘‘ हाम्राग्राहकहरु र ग्राहकको एनसेलसँगको सेवाअनुभवहाम्रो लागिअत्यन्त महत्वपुर्ण छ । यो चाडपर्वको अवसरमाल्याइएको यो योजनाले हाम्राग्राहकको सञ्चारको आवश्यकतालाई पुरा गर्न महत्वपुर्ण भुमिका खेल्ने वश्वास लिएका छौ । हाम्रा सबै ग्राहकलाई बडा दशैको शुभकामना र एनसेलसँगआबद्घ रहिरहनुहुने सबै ग्राहकलाई धेरै धेरै धन्यवाद । ’’

यस रिचार्जमाबोनस अफरले ग्राहकलाई भ्यालु एड गर्दै सुलभ दरमाआफ्ना परिवार र साथीभाईसँग सम्पर्कमा रहिरहनमद्दत गर्ने विश्वास एनसेलले लिएको छ ।