२०८१ बैशाख २४ , सोमवार

घार्मी सहकारीको साधारणसभा सम्पन्न

Capture

शिशिर उजाड/ पोखरा । पोखरा महानगरपालिका वडा नं १९ मा रहेको घार्मी कृषि वातावरण तथा पर्यटन सहकारी संस्थाको दोस्रो वार्षीक साधारण सभा सम्पन्न भएको छ।

 

साधारण सभाको उद्घाटन गर्दै पोखरा १९ का वडा अध्यक्ष पुष्पेन्द् पाण्डेले समाजमा आर्थिक उन्नतिको लागि सहकारी संस्थाले खेलेको भूमिका महत्त्वपूर्ण रहेको बताए। उनले घार्मीको पर्यटन विकासका लागि सहकारीसगँ समवन्य गर्न स्थानीय सरकार तयार रहेको स्पष्ट पारे। सहकारीका अध्यक्ष पोषराज पौडेलको अध्यक्षता भएको कार्यक्रममा जिल्ला सहकारी संघका महासचिव दिपकराज बास्तोला, सहकारीका सल्लाहकार वैकुण्ठ पौडेल, महेन्द्र मा विका प्रधानाध्यापक वासुदेव पौडेल, सल्लाहकार डिल्लीराम पौडेल, तेजेन्द्र पौडेल, समाजसेवी पवित्रा शर्मा पौडेल लगायतले निति र नियम संगत चलेका सहकारीमा कुनै समस्या नरहेको दाबी गरे। सहकारीका अध्यक्ष पौडेलले सहकारीले छोटो समयमै नागरिकको मन जित्न सकेको बताउँदै, आगामी कार्ययोजना पेस गरे। कोषाध्यक्ष ज्योति पौडेल रेग्मीले प्रस्तुत गरेकाे आर्थिक प्रतिवेदन सभाले पारित गरेको छ।

No description available.

कार्यक्रममा उत्कृष्ट बचतकर्ता डिलमाया पौडेललाई सम्मान गर्नुका साथै शेयर सदस्यलाई प्रमाण पत्र प्रदान गरियो। संस्थाका उपाध्यक्ष प्रदिपराज पौडेलले स्वागत गरेको कार्यक्रमको सन्चालन सचिव राजकुमार पौडेलले गरेका थिए। सोही अवसरमा सहकारीले आफ्ना शेयर सदस्यलाई लाभांश समेत वितरण गरेको छ।

No description available.