२०८२ फाल्गुन ३० , शनिवार

महेन्द्र माध्यमिक विद्यालयले विभिन्न क्षेत्रका व्यक्तिलाई सम्मान गर्ने

Capture

शिशिर उजाड / पोखरा । पोखरा–१९ घार्मीमा रहेको महेन्द्र माध्यमिक विद्यालयले विभिन्न क्षेत्रका व्यक्तिलाई सम्मान गर्ने भएको छ ।

 

बडादशैंको अवसर पारेर विद्यालयले महेन्द्र मा.विमा अध्ययन गरी डाक्टर तथा ईन्जिनियरिङ क्षेत्रमा विज्ञता हासिल गरेका तथा साविकको लामाचौर गा.वि.स वडा नं. ७,८,९ र अर्मला–३, का डाक्टर तथा ईन्जिनियरिङ क्षेत्रका विज्ञलाई सम्मान गर्न लागिएको विद्यालय व्यवस्थापन समितिका अध्यक्ष वैकुण्ठ पौडेलले जानकारी दिनुभयो । यही कार्तिक ५ गते अष्टमीको दिन संघीय संसदका सदस्य दामोदर वैरागीको प्रमुख आतिथ्यतामा उक्त कार्यक्रम गरिन लागेको वताईएको छ। सोही दिन वडादशैं, तिहार, छठ पर्वको अवसरमा शुभकामना आदान प्रदान तथा चियापान समेत गरिने छ ।वि.सं २०५२ सालमा पहिलो पटक त्यहाँ अध्ययनरत विद्यार्थी प्रवेशिका परिक्षामा सहभागी भई सत प्रतिशत नतिजा प्राप्त गरेको र हालसम्म पनि विद्यालयको नतिजा उत्कृष्ट रहेको प्रधानाध्यापक वासुदेव पौडेलले वताउनुभयो ।

 

वि.सं २०४७ सालमा एमाजी कल्चरल फाउण्डेसन जापानको सहयोग र शिक्षासेवी तोयनाथ पौडेलको सक्रियतामा स्थापना भएको उक्त विद्यालयमा अध्ययन गरेका अधिकांस विद्यार्थी सरकारी तथा निजी क्षेत्रको उच्च निकायमा कार्यरत छन् । पहिलो चरणमा यो कार्यक्रम सम्पन्न गरेपछि आगामी वर्ष कार्यालय प्रमुख तथा सरकारी सेवाका अधिकृतलाई सम्मान गरिने पौडेलले वताउनु भयो । सम्मान कार्यक्रमको तयारी शुरु गरिएको र विभिन्न व्यक्तिसँग समन्वय भैरहेको वताईएको छ ।