२०८१ बैशाख २४ , सोमवार

एक्साइडले चाडपर्व बिशेष एक्सचेञ्ज महोत्सव आयोजना गर्ने

Capture

सुनाखरी न्युज / काठमाडौं । नेपालस्थित भारतीय एक्साइड इन्डस्ट्रिजको आधिकारिक बिक्रेता सिप्रदी ट्रेडिङ्ग प्रा.लि. ले दशैं, तिहार र छठ पर्वको अवसरमा बिशेष एक्सचेञ्ज महोत्सवको आयोजन गर्न लागेको छ ।

यस बिशेष एक्सचेञ्ज महोत्सवमा जुनसुकै ब्राण्डका ब्याट्रीहरु ल्याइ एक्साइड ब्याट्रीसंग एक्सचेञ्ज गर्दा ५०% सम्मको छुट प्राप्त गर्न सकिनेछ । साथमा ज्याकपट मार्फत क्यास ब्याक पनि प्राप्त गर्न सकिनेछ । यस पर्व बिशेष यस महोत्सव यहि कार्तिक १ गतेदेखी सिमित अवधिको लागि आयोजन गर्न लागिएको हो ।

नेपालभरी रहेका एक्साइडका आधिकारीक बिक्रेताहरु मार्फत यस योजनामा सहभागी भई भरपुर फाईदा उठाउँनुहुन कम्पनिले अनुरोध गरेको छ । थप जानकारीको लागि टोल फ्री नं. १६६००१५५७७७ वा ९८०१५७५७७ तथा हटलाइन नं. ०१–५९७०३३९ मा सम्पर्क गर्नुहोला ।

 

 

रासस