२०८१ जेठ ६ , आइतवार

नेपालले २० महिनापछि यूएईसँग टी-२० आई खेल्दै

सुनाखरी न्युज/ काठमाडौं ।

नेपाल टी-२० त्रिकोणात्मक सिरिजअन्तर्गत पहिलो खेलमा आज घरेलु टोली नेपालले यूएईसँग खेल्दैछ । नेपाल र यूएई २० महिनापछि टी-२० आईमा भिड्न लागेका हुन् ।  मुलपानी क्रिकेट मैदानमा हुने खेल दिउँसो १ बजे सुरु हुनेछ ।

नेपालमै हुने आईसीसी टी-२० विश्वकप एसिया छनोटको तयारीका लागि हुन लागेको टी-२० सिरिजमा नेपाल र यूएईसहित हङकङ पनि सहभागी छ ।

यी दुई टोली पछिल्लो पटक २०२२ फेब्रुअरीमा टी(२० विश्वकप छनोटमा खेलेका थिए । जहाँ सेमिफाइनलमा नेपाल यूएईसँग नै ६८ रनले पराजित हुँदै विश्वकप पुग्न असफल भएको थियो ।