२०८१ जेठ १ , मंगलबार

दोहोरो अंकले बढ्यो सेयर बजार, कारोबार रकम १ अर्ब माथि

Share-Working

सुनाखरी न्युज/काठमाडौं ।

नेपाल स्टक एक्सचेञ्ज (नेप्से)मा साताको कारोबारको तेस्रो दिन आज मंगलबार दोहोरो अंकको सुधार आएको छ । आज नेप्से १३.१८ अंकले बढेर एक हजार ८ सय ६४ दशमलब ६२ विन्दुमा बन्द भएको हो ।

त्यस्तै, आज एक अर्ब ८४ लाख रुपैयाँ बराबरको कारोबार भएको छ । नेप्सेका अनुसार आज कारोबार भएका १७३ कम्पनीको शेयरमूल्य बढेको छ भने ५७ कम्पनीकोे शेयरमूल्य घटेको छ । ७ वटा कम्पनीको शेयरमूल्य स्थिर रहेको छ ।आज चार कम्पनीको शेयरमूल्यमा उच्च वृद्धि भएको छ । एनआइ्बिएल प्रगति फण्डको शेयरमूल्य ७.३५ प्रतिशतले बढेको छ । यस्तै, आज स्वेतगंगा हाइड्रोपावर एण्ड कन्ट्रक्सन लिमिटेड, सिद्धार्थ इकयुटि फण्ड र मेगा म्युचुअल फण्ड १ को शेयरमूल्यमा ६ प्रतिशत भन्दा बढीको वृद्धि भएको छ ।

हाथवे इन्भेष्टमेन्ट नेपाल लिमिटेडका लगानीकर्ताहरुले सर्वाधिक गुमाएका छन् । यसको शेयरमूल्य आज ८.५३ प्रतिशतले घटेको छ । नेप्सेका अनुसार कारोबारको आधारमा आज सबैभन्दा बढी हाथवे इन्भेष्टमेन्टको भएको छ । यस कम्पनीको आज चार करोड ६२ लाख रुपैयाँ भन्दा बढीको कारोबार भएको छ ।