२०८१ बैशाख १६ , आइतवार

एभरेष्ट बैंकको २९ औं वार्षिक साधारण सभाबाट लाभांश पारित

Capture

सुनाखरी न्युज/काठमाडौं । एभरेष्ट बैंक लिमिटेडको २९ औं वार्षिक साधारण सभा सम्पन्नभएको छ । साधारण–सभाले लेखापरिक्षकको प्रतिवेदन सहितआर्थिक वर्ष २०७९÷८० को आर्थिक विवरण, वासलात, नाफा नोक्सान हिसाब र सोहीअवधिको नगदप्रवाहविवरण, नाफा नोक्सान बाँडफाँड हिसाब र वार्षिक प्रतिवेदन पारित गरेको छ ।

साधारण सभाले शेयरधनीहरुलाई आ.ब २०७९÷८० का लागि १०५बोनस शेयर र १०.५३ ५नगदलाभांश (बोनस शेयरमालाग्ने कर समेत) वितरण गर्ने प्रस्तावपारित गरेको छ । बैंकले प्रस्तावित बोनस शेयर वितरण भएपश्चात हालको जारी र चुक्तापूँजी वृद्दि हुने भएकोले जारी र चुक्तापूँजी वृद्दि गर्न प्रबन्धपत्र संशोधनगर्ने प्रस्ताव साधारणसभाले पारित गरेको छ ।

 

बैंकको साधारण सभाले आ.ब २०८०÷८१ को लागिश्री एन. अमात्य एंड कम्पनी, चार्टड एकाउन्टेन्सलाई लेखापरीक्षकमानियुक्तगर्ने निर्णय सर्वसम्मति बाट पारित गरेको छ ।