२०८१ बैशाख १५ , शनिवार

राष्ट्र बैंकको रिपोर्ट: यस्तो छ देशको वर्तमान आर्थिक स्थिति (पूर्णपाठसहित)

Nepal Rasta Bank- NRB

सुनाखरी न्युज/ काठमाडौं ।

नेपाल राष्ट्र बैंकले चालु आर्थिक वर्षको दुई महिनाको तथ्याङ्कमा आधारित रिपोर्ट मंगलबार  सार्वजनिक गरेको छ । बैंकले दुई महिनाको तथ्याङ्कमा आधारित देशको वर्तमान आर्थिक तथा वित्तीय स्थिति सार्वजनिक गरेको हो ।

बैंकका अनुसार विप्रेषण आप्रवाह नेपाली रुपैयाँमा २२.१ प्रतिशतले र अमेरिकी डलरमा १७.७ प्रतिशतले बढेको छ । यसैगरी शोधनान्तर स्थिति रु ५३ अर्ब ६१ करोडलेबचतमा रहेको बैंकको रिपोर्टमा उल्लेख छ ।

यस्तै  वार्षिक बिन्दुगत आधारमा उपभोक्ता मूल्य सूचकाङ्कमा आधारित मुद्रास्फीति ८.१९ प्रतिशत रहेको छ । यस्तै आयात ५.१ प्रतिशतले, निर्यात ७.८ प्रतिशतले र कुल वस्तु व्यापार घाटा ४।७ प्रतिशतले घटेको छ ।

यसैगरी कुल विदेशी विनिमय सञ्चिति रु १,५९८ अर्ब ९० करोड र अमेरिकी डलरमा १२ अर्ब १ करोड रहेको छ भने नेपाल सरकारको खर्च रु १३१ अर्ब १४ करोड र राजस्व परिचालन रु १४१ अर्ब ८ करोड रहेको छ ।

यस्तै विस्तृत मुद्राप्रदाय ०.५ प्रतिशतले घटेको छ भने वार्षिक बिन्दुगत आधारमा यस्तो मुद्राप्रदाय १२.० प्रतिशतले बढेको राष्ट्र बैंकको रिपोर्टमा उल्लेख छ ।