२०८१ बैशाख २० , बिहिवार

भाटभटेनीमा सपिङ्ग गर्दा टाटा टिगोर जित्ने अवसर

Capture

सुनाखरी न्युज/काठमाडौं । टाटा मोटर्सको नेपालका लागि एकमात्र आधिकारिक वितरक सिप्रदी ट्रेडिङ्ग प्रा. लि. र नेपालको नेतृत्वदायी सुपरमार्केट कम्पनी भाटभटेनीको सहकार्यमा ग्रेट भाटभटेनीकार्निभल कार्यक्रम मार्फत भाटभटेनीका ग्राहकहरुले टाटा टिगोर जित्न सक्नेछन ।

नेपालीहरुको महान चाड दशैं, तिहार र छठ पर्वको अवसरमा भाटभटेनीमा रु.२,५०० को सामानकिन्दा टाटा टिगोर जित्न सकिनेछ । दशैंको घटस्थापनाको अवसर पारेर यहीअसोज २८ गतेदेखीपुष २५ गतेसम्म सञ्चालनहुनेछ भने सन २०२४ को पहिलो सातालक्की ड्र मार्फत विजेता घोषणा गरिनेछ । टाटा टिगोर १.२ लिटर रिभोट्रन पेट्रोल ईन्जिनमा निर्मित उत्कृष्ट गाडी हो । यसमाउच्च सुरक्षा, आरामदायी र अत्याधुनिककिसिमको ईन्फोटेन्मेन्ट सुविधाहरु रहेका छन् ।

यो कार्यक्रम देशभरका २६ वटा भाटभटेनी सुपरमार्केटमा लागु हुनेछ ।