२०८१ बैशाख १५ , शनिवार

वाणिज्य बैंकहरुको औषत ब्याजदर एकल अंकमा, कुन को कति ?

Bank

सुनाखरी न्युज/ काठमाडौं ।

वाणिज्य बैंकहरुले कात्तिक महिनाको लागि ब्याजदर सार्वजनिक गरेका छन्।नयाँ प्रकाशित ब्याजदर अनुसार २ बैंकहरुले असोज महिनाको तुलनामा ब्याजदर बढाएका छन् भने १४ बैंकहरुले घटाउने भएका छन्। त्यस्तै, ४ बैंकले असोज महिनाकै ब्याजदरलाई निरन्तरता दिने भएका छन्।

बैंकर्स संघले ब्याजदरको कार्टेलिङ खारेज गरेपछि बैंकहरुले साउन महिनादेखि आफ्नै तरिकाले ब्याजदर निर्धारण गर्ने गरेका छन् ।

कात्तिक महिनाको लागि प्रकाशित नयाँ ब्याजदर अनुसार व्यक्तिगत तर्फ र संस्थागत तर्फ मुद्दती खातामा हिमालयन बैंक, एनएमबि बैंक र एनआईसी एशिया बैंकले सर्बाधिक ११.००३ प्रतिशत र ९.००३ प्रतिशतसम्म ब्याज दिने घोषणा गरेका छन्। भने, सबैभन्दा कम स्ट्याण्डर्ड चार्टर्ड बैंकले व्यक्तिगत तर्फ ९.२२ प्रतिशत र संस्थागत तर्फ ५.५ दिने भएको छ।

बैंकहरुमध्ये नेपाल एसबिआई बैंक र एनएमबि बैंकले असोज महिनाको तुलनामा ब्याजदर बढाएका छन् । त्यस्तै, लक्ष्मी सनराइज बैंक, माछापुच्छ्रे बैंक, सिद्धार्थ बैंक र राष्ट्रिय वाणिज्य बैंकले भने असोज महिनाकै ब्याजदरलाई निरन्तरता दिएका छन्।

असोज महिनामा व्यक्तिगत तर्फ १०.२६ रहेको वाणिज्य बैंकहरुको औषत ब्याजदर कात्तिक महिनामा ०.३० घटेर ९.९६ हुन आएको छ। त्यस्तै, संस्थागत तर्फ मुद्दती खातामा वाणिज्य बैंकहरुको औषत ब्याजदर असोज महिनामा ८.२४ रहेकोमा कात्तिक महिनामा ०.३४ घटेर ७.८५ हुन आएको छ।