
शिशिर उजाड/ पोखरा । पोखरा महानगरपालिका वडा नं १६ अर्मलामा रहेको हितैषी बचत तथा ऋण सहकारी संस्थाको ११ औं साधारण सभा सम्पन्न भएको छ।

कार्यक्रमको उद्घाटन गर्दै नेपाल केन्द्रिय सहकारी संघका सदस्य एवम् गण्डकी प्रदेशका संयोजक चण्डी प्रसाद शर्माले समुदायको वृहत्तर हितका लागि सहकारी संस्थाको भुमिका महत्वपुर्ण रहेको वताए। उनले केहि व्यक्तिहरुको बदमासीका कारण नागरिकमा भ्रम सिर्जना भएको वताउदै, नियम संगत चलेका सहकारीमा समस्या नभएको स्पष्ट पारे। पोखरा १६ का वडा अध्यक्ष अमृत शर्मा तिमिल्सिनाले सहकारी प्रति नागरिकको विश्वास अझै रहेको बताउँदै, आफ्नो वडा भित्रका सहकारीमा कुनै समस्या नरहेको वताए । सहकारीका अध्यक्ष एवं कास्की वचत संघका कोषाध्यक्ष शेरबहादुर कार्कीको अध्यक्षतामा भएको कार्यक्रममा जिल्ला सहकारी संघका उपाध्यक्ष अम्बिका गौतम, जिल्ला वचत संघका उपाध्यक्ष श्रीकान्त ढुङ्गाना लगायतले सहकारीले आर्थिक संकलन मात्र नगरि शिक्षा र स्वास्थ्यको क्षेत्रमा समेत सेवामुखी काम गरेको वताए।

कार्यक्रममा सहकारीले उत्कृष्ट कर्मचारी दिवस आर्चाय, उत्कृष्ट बचतकर्ता सन्जिता तामाङ, इन्द्र बहादुर गुरुङ, पुर्व संचालक समितिका ७ जना सहित कक्षा १२ उत्तिर्ण शेयर सदस्यहरुका १२ जना छोरा छोरीलाई सम्मान पत्र, मायाको चिनो सहित दोसल्ला ओढाई सम्मान गरेको छ। सहकारीका उपाध्यक्ष धनराज आर्चायले स्वागत गरेको कार्यक्रमको सन्चालन सचिव मदन आर्चायले संचालन गरेका थिए। सहकारीमा हाल २ हजार १ जना शेयर सदस्य छन् भने करिब २३ करोड कुल लगानी रहेको बताइएको छ। सहकारीको पोखरा १,१६,१९र२०नंवर वडा कार्य क्षेत्रको रूपमा रहेको छ ।