२०८१ जेठ १ , मंगलबार

नेप्सेमा आज पनि ठूलो अंकको गिरावट, के संकेत गरेको हो निरन्तरको गिरावटले ?

Share

सुनाखरी न्युज/ काठमाडौं ।

सेयर बजारमा आज पनि ठूलो अंकको गिरावट भएको छ । सोमबार बजार परिसूचक नेप्से २३.१६ अंकले गिरावट हुँदा १८५१.४३ को विन्दुमा बन्द भएको छ । नेपाल राष्ट्र बैंकले मार्जिन प्रकृतिको सेयर धितो कर्जाको १२ करोडको सीमा बढाएपनि त्यसयता सेयर बजार भने लगातार घटिरहेको छ ।

नेप्सेमा सोमबार  सबै उपसूचकमा गिरावट भएको छ । जीवन बीमा उपसूचक २.०९ प्रतिशतले गिरावट हुँदा होटल तथा पर्यटन उपसूचक २.०४ प्रतिशत र हाइड्रोपावर उपसूचकमा २.०२ प्रतिशतले गिरावट भएको छ ।

सोमबार कारोबार भएकामध्ये प्रभु बैंकको संस्थापक सेयर सर्वाधिक ६ करोड २५ लाख रुपैयाँको कारोबार हुँदा हाथवे इन्भेष्टमेन्ट कम्पनीको छ करोड २७ लाख र सिटिजन्स लाइफ इन्स्योरेन्सको ३ करोड ६७ लाखको कारोबार भएको छ ।

बैंकिङ प्रणालीमा तरलता लगातनर बढेपनि ब्याजर घट्नमा लगानीकर्ता विश्वस्त नहुँदा बजारमा लगातार गिरावट देखिएको हो । दशैं नजिकिंदै गर्दा नेप्सेसँगै कारोबारमा पनि गिरावट भएको छ । गत बिहीबार १ अर्ब ७० करोडको कारोबार भएको बजारमा सोमबार कारोबार रकम घटेर १ अर्ब २५ करोड ३३ लाखमा सीमित भएको छ । सोमबार नेप्सेमा कुल ६९ हजार ८३२ वटा कारोबारमा ४८ लाख ३७ हजार ८९३ कित्ता सूचीकृत धितोपत्र किनबेच हुँदा उक्त रकमको कारोबार भएको हो ।

 

सोमबार नेप्सेमा कुल २३६ सूचीकृत कम्पनीको सेयर कारोबार भएको छ । जसमध्ये २११ कम्पनीको सेयरमूल्यमा गिरावट हुँदा २२ कम्पनीको सेयर मूल्य बढेको छ । ३ कम्पनीको सेयरमूल्य भने स्थिर छ ।