२०८१ बैशाख २२ , शनिवार

चेपाङ विद्यार्थीलाई विद्यालय पोसाक वितरण

Capture

सुनाखरी न्युज/ काठमाडौँ । महानपर्व वडादसैँको अवसरमा मनहरी गाउँपालिका–६ हाङलाङस्थित प्रजा विकास प्राथमिक विद्यालयका ३० चेपाङ विद्यार्थीलाई मर्यादा नेपाल संस्थाले विद्यालय पोसाक वितरण गरेको छ ।

 

विद्यालय व्यवस्थापन समितिका अध्यक्ष निरबहादुर प्रजा, प्रधानाध्यापक देवराज प्रजा, वडासदस्य राममाया नगरकोटी, शिक्षक, अभिभावकलगायतकोे उपस्थितिमा पोसाक वितरण गरिएको उक्त संस्थाका अध्यक्ष खुसी कार्कीले बताउनुभयो । कक्षा १ देखि ३ सम्म पढाइ हुने सो विद्यालयमा सिमान्तकृत चेपाङ समुदायका विद्यार्थी अध्ययनरत छन् ।

 

विद्यालय पोसाक किन्नसमेत समस्या भोगिरहेका विद्यार्थीलाई विद्यालय पोसाक वितरण गरिएको कार्कीले बताउनुभयो । यस विद्यालयमा तीन शिक्षक कार्यरत रहेको प्रधानाध्यापक देवराज प्रजाले बताउनुभयो । रासस