२०८१ जेठ ६ , आइतवार

कोशीका मुख्यमन्त्री कार्कीले दसैंअघि नै विश्वासको मत लिने

Koshi karki

सुनाखरी न्युज/ काठमाडौं ।
कोशी प्रदेशका मुख्यमन्त्री केदार कार्कीले दसैंअघि नै विश्वासको मत लिने तयारी गरेका छन्। मुख्यमन्त्री कार्कीले हिजो शपथ लिएपछि तत्कालै विश्वासको मत लिने तयारी गरेका हुन्।

विश्वासको मत लिनकै लागि कात्तिक १ मा प्रदेश सभा बैठक बस्ने भएको छ। यसअघि असोज २० गते स्थगित भएको प्रदेश सभाको बैठक कात्तिक १ गतेका लागि बोलाइएको छ। प्रदेश सभा सचिवालयले आज एक सूचना जारी गर्दै कात्तिक १ गते बुधबार दिनको ११ बजेका लागि बैठक बस्ने सूचना जारी गरेको हो।

 

‘एमालेसहित अन्य दलसँग मुख्यमन्त्रीले छलफलअघि बढाउनु भएको छ,’ मुख्यमन्त्रीनिकट स्रोतले भन्यो, ‘सम्भवतस् आज संसद सचिवालयलाई यसबारे जानकारी गराइनेछ।’

 

कांग्रेसबाट विद्रोह गरेर सविधानको धारा १६८ को उपधारा ५ अनुसार मुख्यमन्त्री नियुक्त भएका कार्कीलाई एमालेले समर्थन गरेको छ।