२०८३ श्रावण २७ , बुधवार

अदालतमा आजदेखि दसैँ बिदा सुरु

Sarbocha

 

सुनाखरी न्युज /  काठमाडौं ।

सर्वोच्चसहित सबै तहका अदालतमा आजदेखि दसैँ बिदा सुरु भएको छ । अदालतमा एकैपटक १५ दिनका लागि बिदा गरिएको हो ।सर्वोच्च अदालत प्रशासनका अनुसार सर्वोच्च अदालतमा बन्दी प्रत्यक्षीकरणका लागि शनिबार र विजय दशमीको दिनबाहेक बिहान ११ बजेदेखि अपराह्न ३ बजेसम्म सुनुवाइ हुनेछ ।

 

बन्दी प्रत्यक्षीकरणको रिट निवेदन दर्ता गर्नका लागि कर्मचारीहरू भने बिहान १० बजे नै उपस्थित हुनेछन् । शनिबार र विजय दशमीको दिनबाहेक बिहान ११ बजेदेखि दिउँसो ३ बजेसम्म सुनुवाइ हुने सर्वोच्च अदालतले जनाएको छ ।  सर्वोच्च प्रशासनले आइतबार सूचना निकालेर आउँदो कात्तिक ११ गते अर्थात् कोज्रागत पूर्णिमका दिनसम्म अदालत बिदा हुने जनाएको छ । यो अवधिमा बन्दीप्रत्यक्षीकरणसहितका निवेदनमा भने घटस्थापना, शनिबार र विजयादशमीका दिनबाहेक सुनुवाइ हुने जनाइएको छ ।

 

“बडादसैँ, २०८० को उपलक्ष्यमा २०८० असोज २८ गते घटस्थापनाका दिनदेखि कार्तिक ११ गते कोजाग्रत पूर्णिमाका दिनसम्म सर्वोच्च अदालत बन्द रहने हुँदा न्याय प्रशासन ऐन, २०७३ को दफा २६ बमोजिम उक्त अवधिमा पर्ने घटस्थापना, शनिबार र विजयादशमीका दिनबाहेक अन्य दिन बन्दीप्रत्यक्षीकरणको रिट निवेदन लिई सुनुवाई गर्न बिहान ११ः०० बजेदेखि अपराह्न ३ः०० बजेसम्म अदालत खुला रहने हुँदा सम्बन्धित सबैको जानकारीको लागि यो सूचना प्रकाशित गरिएको छ,” सूचनामा उल्लेख छ ।