२०८१ बैशाख १६ , आइतवार

घट्यो सुनको मूल्य

gold1

सुनाखरी न्युज/ काठमाडौँ । साताको दोस्रो कारोबार दिन सोमबार सुनको भाउ स्थिर रहेको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सोमबार सुनको मूल्य घटेको छ भने चाँदीको मूल्य स्थिर रहेको छ ।

गत आइतबार प्रतितोला १ लाख १३ हजार रुपैयाँमा कारोबार भएको फाइन गोल्डको मूल्य आज तोलामा ७०० रुपैयाँले घटेर १ लाख १२ हजार ३०० रुपैयाँमा कारोबार भइरहेको छ । गत आइतबार सुनको भाउ तोलामै २ हजार ९०० रुपैयाँले बढेको थियो। यसैगरी, तेजावी सुनको मूल्य पनि तोलामा ७०० रुपैयाँले घटेर १ लाख ११ हजार ७५० रुपैयाँमा कारोबार भइरहेको छ।

 

यो दिन चाँदीको मूल्य भने स्थिर रहेको छ । यो दिन प्रतितोला १ हजार ३९० रुपैयाँमा चाँदीको कारोबार भइरहेको छ । महासंघले सोमबार प्रति १० ग्राम छापावाल सुनको मूल्य ९६ हजार २८० रुपैयाँ, १० ग्राम तेजावी सुनको मुल्य ९५ हजार ८ सय १० रुपैयाँ र प्रति १० ग्राम चाँदीको मुल्य १ हजार १ सय ९२ रुपैयाँ कायम गरेको छ । रासस