२०८१ जेठ ३ , बिहिवार

बाटुलेचौरको कालिका मन्दिरमा विधीपुर्वक घटस्थापना, बडादशैंभर दुर्गा पुजा

Capture

शिशिर उजाड/ पोखरा । पोखरा १६ वाटुलेचौरस्थित ऐतिहासिक कालिका मन्दिरमा वडादशैंको पहिलो दिन विधी पुर्वक घटस्थापना गरिएको छ ।

 

आज चित्रा नक्षत्र र वैधृति योग परेकाले मन्दिरमा घटस्थापना गनुृ अघि चित्रा नक्षत्र र वैधृति योगको शान्ति गरी पुजा कोठामा घटस्थापना गरिएको मन्दिरका पुजारी नारायण प्रसाद देवकोटाले जानकारी दिनुभयो ।सोही अवसरमा नित्य पुजा र चण्डी पाठ समेत गरिएको छ । हिमालय क्लवको आयोजन र विभिन्न संघ संस्थाको समन्वयमा वडादशैंभर नवदुर्गा पुजा तथा आरती गरिने समेत वताईएको छ । आजै साँझ सन्ध्याकालिन महाआरती, १ सय ८ दिप प्रज्वलन गरिएको तथा स्थानिय भजन टोलिले राती अवेरसम्म भजन किर्तन तथा परियार समुदायले नहरा प्रस्तुति र गन्धर्व समुदायले मालश्री धुन प्रस्तुत गरेका थिए। वाईसी चौविसे राजाका पाला देखि नै हुँदै आएको पुजालाई निरन्तरता दिईएको र यसको धार्मिक तथा साँस्कृतिक महत्वलाई उजागर गर्न विशेष पुजा तथा महाआरती गरिएको क्लवका निवर्तमान अध्यक्ष मोहन वहादुर थापाले वताउनुभयो ।

No description available.

 

पुजा अन्र्तगत घटस्थापनाको दिन देखि दशमीसम्म विहान नित्य पुजा , चण्डी पाठ र साँझ सन्ध्याकालिन महाआरती, १सय ८ दिप प्रज्वलन, भजन किर्तन तथा परियार समुदायको नहरा प्रस्तुति र गन्धर्व समुदायले माल श्री धुन प्रस्तुत गर्ने तयारी गरिएको छ । फुलपातीको दिन क्षेत्री समाजको संयोजनमा चण्डीका, अम्विका र कालिका मन्दिरको परिक्रमा सहित कलश यात्रा गरिने वताईएको छ ।नियमित रुपमा पुजा आजा हुने भएता पनि नवदुर्गा भर विशेष पुजा अर्चना हुने र महाअष्टमीको साझँ दिप प्रज्वलन, कालरात्री पुजा र महाआरती सहितको विशेष पुजा हुने क्लवका अध्यक्ष सुशील वस्नेतले जानकारी दिनुभयो ।

No description available.
क्लवको संयोजनमा हुने दुर्गा पुजामा चण्डिका आमा समुह, शुक्ला साहित्य प्रतिष्ठान,बडहरवोट आमा समुह, संरक्षण आमा समुह,नेवाः खल वाटुलेचौर, मैदान आमा समुह,क्षेत्री समाज, कालिका मन्दिर तथा कोत मामलियत व्यवस्थापन समिति र मानव अधिकारका लागी महिला एकल महिला समुह, परियार समाज लगायतका संघ संस्थाले सहकार्य गरेको क्लवले वनाएको छ । सोही अवसरमा क्लवले शुभकामना आदान प्रदान कार्यक्रम समेत गर्यो ।कार्यक्रममा सहभागीले नेपाली जनका चाडपर्वको शुभकामना आदान प्रदान गरेका थिए ।

No description available.