२०८१ बैशाख २५ , मंगलबार

कोशीको मुख्यमन्त्री बने केदार कार्की, कस कसले गरे समर्थन ?

Koshi karki

सुनाखरी न्युज/ विराटनगर ।
केदार कार्की कोशी प्रदेशको व्यक्तिका रुपमा छैटौँ मुख्यमन्त्री बनेका छन्  । यसअघि कोशी प्रदेशमा शेरधन राई, भीम आचार्य, राजेन्द्र राई, हिक्मतकुमार कार्की र उद्धव थापा मुख्यमन्त्री बनिसकेका छन् ।

मोरङको क्षेत्र नम्बर ६ (२) बाट माओवादीसँगको गठबन्धन गरेर निर्वाचित कांग्रेस सांसद कार्कीको प्रदेश सांसदको रूपमा यो दोस्रो यात्रा हो । २०७४ सालको निर्वाचनमा पनि कार्की सोही निर्वाचन क्षेत्रबाट वाम गठबन्धनलाई पराजित गर्दै विजयी बनेका थिए । अघिल्लो कार्यकालमा नेकपा विभाजनपछि बनेको गठबन्धनबाट उनी प्रदेशको आन्तरिक मामिला तथा कानुनमन्त्री बनेका थिए । मन्त्री बन्नुअगाडि उनी कांग्रेसका कोशी प्रदेशसभाका प्रमुख सचेतक थिए ।

 

हक्की र निडर स्वभावका कार्की प्रदेशसभामा प्रतिपक्षीय भूमिकामा रहँदा चर्को स्वरले सत्तापक्षमाथि आलोचना गर्दथे । जनताको आवाजलाई मुखरित गर्ने कोसिस गरिरहने कार्की अहिले मुख्यमन्त्रीको भूमिकामा पुगेका छन् । उनको शपथग्रहण आइतबारका लागि राखिएको छ ।