
किरण गिरी ।
मेरो देश राजनीतिक पुनरावलोकन मोडमा उभिएको त होइन ?
नेपालको संबिधान र परिबर्तन संघीय लोकतान्त्रिक गणतन्त्र को विकल्प छैन तापनि ,
कोशी प्रदेश प्रमुख कार्यालयको यो असोज -२६ शुक्रबार को बिज्ञप्तीले :-
देशको संबिधान कार्यान्वयन ,
गठबन्धनको निरन्तरता ,
राज्य सञ्चालन पध्दतीको निरन्तरता ,
राजनीतिक दलको नेतृत्व दुरदर्शिता ,
राजनीतिक दलहरू क्षमता ,
संघीयताको निरंतरता माथि नै गम्भीर प्रश्न उठेको छ ।
यसले संबिधान र परिबर्तन संघीय लोकतान्त्रिक गणतन्त्र नचाहने हरुको मनोबल ह्वात्तै उठाएको छ ।
संसदीय राजनीतिको मुल्य र मान्यतामा देखा परेको ह्रास ,
विधि र पध्दतीमा देखा परेको ह्रास लगायतका क्षेत्रमा देखा परेका परिदृश्य ले गम्भीर मोड निम्त्याएको छ । नेपाली कांग्रेसले गम्भीर भएर समिक्षा र पुनरावलोकन गरेर देशलाई उपयुक्त र दीर्घकालीन राजनीतिक निकास दिनु पर्ने अबस्था देखिन्छ ।
सबै खाले आन्दोलन र परिवर्तन अनि संबिधान निर्माण तथा कार्यान्वयन को नेतृत्व गरेको नेपाली कांग्रेस ले मुलुकमा देखा पर्न लागेको यो राजनीति , सामाजिक र आर्थिक अन्यौलता अनि बिकृती लाई चिर्दै सबै राजनीतिक दल र शक्तिहरु लाई समेटेर अगाडि बढ्नु को विकल्प देखिदैन।
नेपालको संबिधान -२०७२ मर्म र भावना , आम निर्वाचन २०७९ को जनादेश बमोजिम नेपाली कांग्रेसको नेतृत्वमा उपयुक्त कदम चाल्न ढिला नगरौं । होइन भने परिस्थिति नेपाली कांग्रेस का लागि – ” कहाँ थियौं रंगमञ्च उठे पछि आयौं , समयले जवानी लुटे पछि आयौं ,, भने जस्तै हुन बेर लाग्दैन । मेरो पार्टी नेपाली कांग्रेसको नेतृत्वले उच्च सजगता र सर्तकता अबलम्बन गरोस समयले नेटो काटिरहे छ ।
नेपाली कांग्रेसको केन्द्रिय तहमा मेरो आफ्नो राजनीति पद , हैसियत , भुमिका र जिम्मेवारीका कारण अहिले लाई यति मात्र । जय नेपाल ।
किरण गिरी – नेपाली कांग्रेसका पुर्ब केन्द्रिय सदस्य एबं महासमिति सदस्य ।