२०८१ बैशाख २५ , मंगलबार

कांग्रेसले जनतामा देखिएको निराशा चिर्नसक्नुपर्छ : महामन्त्री थापा

Capture

सुनाखरी न्युज/ काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले नेपाली जनतामा देखिएको निराशा चिर्दै आत्मविश्वास बढाउनुपर्नेमा जोड दिनुभएको छ ।

 

कांग्रेस गोरखाको दोस्रो जिल्ला सम्मेलनको उद्घाटन गदै उहाँले भन्नुभयो, “पार्टीका नेता तथा कार्यकर्ताले अहिले २०८४ सालको चुनावको चिन्ता गरेर बस्ने बेला होइन । यो देशको हितका विषयमा सोच्ने हो, चुनाव आउँछ जान्छ, जितिन्छ हारिन्छ त्यो ठूलो कुरा होइन ।” उहाँले चुनाव एउटा सामान्य प्रक्रिया भएको बताउनुभयो ।

 

उहाँले अहिले नागरिकमा ठूलो निराशा देखिएकाले त्यसलाई चिर्ने काम कांग्रेसबाट हुनुपर्ने बताउनुभयो । उहाँले कांग्रेसलाई रुपान्तरण गर्नु अहिलेको आवश्यकता रहेको भन्दै अब आउने कुनै पनि निर्वाचनमा कांग्रेसले कसैसँग पनि गठबन्धन नगर्नेसमेत बताउनुभयो । रासस