२०८१ बैशाख १७ , सोमवार

इजरायल प्यालेस्टिन युद्धको प्रभावले सुनको मुल्य बढ्यो, कच्चा तेलको मुल्य पनि बढ्न सक्ने आंकलन

gold-1

सुनाखरी न्युज/ काठमाडौं ।
इजरायल प्यालेस्टिन युद्धको प्रभावले यो साता सुनको मुल्य बढेको छ । सोही प्रभावले कच्चा तेलको मुल्य पनि बढ्न सक्ने अनुमान बिश्लेषकहरुले गरेका छन् ।

यो साता विश्व बजारमा सुनको मुल्य बढेको छ । अन्तर्राष्ट्रिय क्षेत्रमा चर्किएको द्धन्दको प्रभावका कारण लगानीकर्ताहरु सुरक्षीत लगानीको रुपमा सुन तर्फ आकर्षित हुन थालेकोले सुनको माग बढ्न गई मुल्य वृद्धिमा चाप परेको तर्क विश्लेषकहरुले गरेका छन् । दुई साता अघि सम्म निरन्तर बढेको सुनको मुल्य त्यस यता अमेरिकी डलरको विनिमय दर लगभग स्थिर बन्दै गए पछि र सुनको क्भििष्लन एचभककगचभ बढेपछि मुल्य घटेको थियो । द्धन्दका कारण कच्चा तेलको मुल्यमा समेत उतार चढाव आई त्यसको प्रभाव सुनको मुल्यमा समेत पर्न सक्ने बिश्लेषकहरुको अनुमान छ ।

नेपाली बजारमा पनि यो साताको पहिलो दिन आइतबार प्रति १० ग्राम ९२ हजार २ सय ५० रुपैयाँ रहेको सुनको मुल्य साताको अन्तिम कारोबार भएको दिन शुक्रबार प्रति १० ग्राम ९४ हजार ३ सय ९९ रुपैयाँ पुगेको नेपाल सुनचाँदी ब्यवसायी महासंघका महासचिव धर्मसुन्दर बज्राचार्यले बताउनुभयो । उहाँका अनुसार सो मुल्य साताको पहिलो दिनको तुलनामा अन्तिम दिन प्रति १० ग्राम २ हजार १ सय ४५ रुपैयाँले बढी होे ।

यो साता नेपाली बजारमा चाँदीको मुल्य पनि बढेको छ । साताको पहिलो दिन १ हजार १ सय ४० रुपैयाँमा कारोबार भएको चाँदीको मुल्य साताको अन्तिम कारोबार भएको दिन शुक्रबार प्रति १० ग्राम १ हजार १ सय ५३ रुपैयाँ पुगेको छ ।