२०८१ बैशाख १५ , शनिवार

नबिल बैंकका यी शाखाबाट नयाँ तथा सुकिला नोट साट्न सकिने

note

सुनाखरी न्युज/ काठमाडौं । नबिल बैंकले दसैँका लागि नयाँ तथा सुकिला नोट सटही गर्न उपत्यका विभिन्न शाखा तोकेको छ। बैंकले आज एक सूचना प्रकाशित गर्दै नयाँ तथा सुकिला नोट सटहीका लागि शाखा कार्यालयहरु तोकेको हो।

सूचनामा उल्लेख भएअनुसार ग्राहकहरुले नबिल बैंकको लाजिम्पाट, गुसिंगल, मंगलबार, कमल विनायक र बौद्ध रामहिटीमा नयाँ तथा सुकिला नोट सटही गर्न सक्नेछन्। नयाँ तथा सुकिला नोट असोज २९ गतेदेखि (सार्वजनिक बिदाबाहेक)का दिनमा सहटी गर्न सकिने बैंकले जनाएको छ।

अन्य दिनमा यो सुविधा बिहान ११ बजेदेखि दिउँसो २ बजेसम्म र शुक्रबारका दिन भने बिहान ११ बजेदेखि दिउँसो १ बजेसम्म उपलब्ध हुने बैंकले स्पष्ट पारेको छ।

May be an image of text that says 'सर्वसाधारणलाई साना दरका नयाँ सुकिलो नोट सटही गरिदिने बारे नबिल बैंकको सूचना वडा दशैं २०६० को शुभ अवसरमा सर्वसाधारणवाट माग हुने साना दरका नयाँ सुकिलो नोटहरु नेपाल राष्ट्र बैंकको निर्देशन वमोजिम सवै वाण्ज्य बैंकहर मार्फत वितरण गरिने भएको हुंदा यस नविल वैंकको हकमा निम्न उल्लिखित शाखाहरुवाट मात्र वितरण गरिने व्यहोरा जानकारी गराउदछौं। ૧. लाजिम्पाट गुसिंगल मंगलबजार कमल विनायक ሂ. वौद्व रामहिटी मिति: २०६०/० २९ देखि (सार्वजनिक विदा वाहेक) समय: विहान ११:०० देखि २:०० वजे सम्म (शुक्रवार विहान ११:०० देखि १:०० बजे सम्म मात्र) NABIL BANK® प्रधान कार्यालय, दरवारमार्ग, काठमाडों फोन नं. ४२२७१६१'