२०८३ श्रावण २६ , मंगलबार

सन्दीपको बलात्कार मुद्दामा आज पनि भएन सुनुवाइ

OIP

सुनाखरी न्युज  / काठमाडौं ।

नेपाली चर्चित क्रिकेटर सन्दीप लामिछानेविरूद्धको नाबालिग बलात्कारको मुद्दाको सुनुवाइ आज पनि स्थगित भएको छ। काठमाडौं जिल्ला अदालतमा आजका लागि तोकिएको सन्दीपविरूद्धको मुद्दाको सुनुवाइ न्यायाधीश अभावका कारण स्थगित भएको हो।

 

अदालतका सूचना अधिकारी दीपक दाहालका अनुसार जिल्ला अदालतका ३० न्यायाधीशमध्ये २१ जनामात्रै उपस्थित छन्।अदालतका सूचना अधिकारी दीपक दाहालका अनुसार जिल्ला अदालतका ३० न्यायाधीशमध्ये २१ जनामात्रै उपस्थित छन्।

 

अनुपस्थित रहेका ९ जनामध्ये ६ जना सरूवा भएर आउनै बाँकी रहेको र ३ जना न्यायाधीश बिदामा रहेको सूचना अधिकारी दाहालले जानकारी दिए। सर्वोच्च अदालतले सन्दीपको मुद्दामा अग्राधिकारको आदेश दिएपनि सुनुवाइमा निक्कै ढिलाइ भएको छ ।