२०८१ बैशाख १६ , आइतवार

सुनचाँदीको भाउ बढ्यो

gold-1

सुनाखरी न्युज/ काठमाडौं । बिहीबार सुनचाँदीको भाउ बढेको छ । बुधबार प्रतितोला १ लाख ८ हजार ८ सय ररुपैयाँमा कारोबार भएको छापावाल सुनको मुल्य आज तोलामा ७ सय रुपैयाँले बढेर १ लाख ९ हजार ५ सय रुपैयाँमा कारोबार भएको छ ।

त्यस्तै तेजावी सुनको मुल्य पनि प्रति तोलामा ७ सय रुपैयाँले बढेर १ लाख ९ हजार रुपैयाँमा कारोबार भएको छ । चाँदीको मुल्यतोलामा १० रुपैयाँ बढेर प्रतितोला १ हजार ३ सय ५० रुपैयाँमा कारोबार भइरहेको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासंघले आज प्रति १० ग्राम छापावाल सुनको भाउ ९३ हजार ८ सय ८० रुपैयाँ, १० ग्राम तेजावी सुनको मुल्य ९३ हजार ४ सय ५० रुपैयाँ र प्रति १० ग्राम चाँदीको मुल्य १ हजार १ सय ५७ रुपैयाँ ५० पैसा कायम गरेको छ ।