२०८१ जेठ ६ , आइतवार

हेमजामा रहेका लायन्स, लियो तथा रेडियो हेमजाको रक्तदानमा ४१ युनिट संकलन

Capture

गोविन्द तिमिल्सिना/ हेमजा । लायन्स क्लब अफ पोखरा हेमजा, लियो क्लब अफ हेमजा, लियो पोखरा गण्डकी र हेमजा सञ्चार सहकारी संस्थाद्वारा सञ्चालित रेडियो हेमजा ८८.५ मेगाहर्जको संयुक्त आयोजनामा बुधबार पोखरा २५ हेमजामा रक्तदान कार्यक्रम सम्पन्न भएको छ।

रक्त सञ्चार केन्द्र पोखराको प्राबिधिक सहयोगमा भएको कार्यक्रममा ४१ युनिट रगत संकलन भएको छ । कार्यक्रमका प्रमुख अतिथि डिस्ट्रिक्ट ३२५ जे नेपालका चिफ एडभाइजर प्रजापति बाँस्तोलाले पहिलो रक्तदाता प्रकाश पौडेललाई ब्लड ब्याग हस्तान्तरण गरि कार्यक्रमको उद्घाटन गर्नु भएको छ । उद्घाटन गर्दै प्रमुख अतिथि बाँस्तोलाले कार्यक्रमकाे प्रशंसा गर्दै रक्तदान जीवनकै एउटा महत्तवपूर्ण कार्यक्रम भएको बताउनुभयो । डा बिमलमान श्रेष्ठले रक्तदान गर्दा हुने फाइदा बारे जानकारी गराउनु भएको थियो । कार्यक्रममा हेमजा सञ्चार सहकारी संस्थाका पुर्व अध्यक्ष मिनराज तिमिल्सिना, समाजसेवी दानबहादुर थापा र जोन चियरपर्सन बसन्त बाँस्तोलाले बोल्नु भएको थियो । कार्यक्रममा माछापुच्छ्रे पार्टी प्यालेस पोखरा २५ हेमजाका प्रोपाइटर सञ्जय तिमिल्सिनाले टेण्टको व्यवस्थापन गर्नु भएको थियो ।

लायन्स क्लब अफ पोखरा हेमजाका प्रथम उपाध्यक्ष तथा कार्यक्रम संयोजक दुर्गाप्रसाद पौडेलले स्वागत गरि सुरु भएको कार्यक्रममा ध्वजाको अभिवादन डिस्ट्रिक्ट कमिति चियर पर्सन हरिसचन्द्र पौडेलले र लियो प्लेज हेमजाका कोषाध्यक्ष सन्तोष त्रिपाठीले वाचन गर्नुभयो । लायन्स क्लब अफ पोखरा हेमजाका अध्यक्ष सन्तमान श्रेष्ठको अध्यक्षतामा भएको कार्यक्रमको सञ्चालन सचिव कृष्णमान श्रेष्ठ र रेडियो हेमजाका स्टेसन म्यानेजर निराजन अधिकारीले गर्नु भएको थियो ।