२०८१ बैशाख २३ , आइतवार

पटेरनीघाट झोलुङ्गे पुल उद्घाटन

Capture

सुनाखरी न्युज/ काठमाडौं । म्याग्दीको जिल्लाको मालिका गाउँपालिका–१, खोप्ती र वडा नं ६ लाई जोड्ने म्याग्दी नदीमाथि पटेरनीघाट झोलुङ्गे पुल निर्माण भएको छ ।

 

रु ५९ लाख नौ हजार तीन सय ६५को लागतमा एक सय १४ मिटर लामो झोलुङ्गे पुल निर्माण भएपछि म्याग्दी नदी वारि र पारिका बासिन्दालाई आवतजावतमा सहज भएको छ । विसं २०७८ असोजदेखि सरु भएको पुल निर्माणको काम २०८० असोज २१ गते सम्पन्न भएको थियो । मङ्गलबार प्रतिनिधिसभा सदस्य खमबहादुर गर्बुजा ‘खम्बिर’ले उद्घाटन गर्दै विकास निर्माणका पूर्वाधारले स्थानीयवासीको दैनिक जीवनमा सहयोग पुग्ने बताउनुभयो ।

क्षेत्रगत कार्यक्रम (स्वाप)को आर्थिक सहयोग, टिविएसयु र पिटिएपी पोखरा र मिलन म्याग्दीको प्राविधिक तथा सामाजिक सहयोग एवं स्थानीयवासीको श्रमदानमा झोलुङ्गे पुल निर्माण भएको उपभोक्ता समितिका अध्यक्ष कर्ण मल्लले जानकारी दिनुभयो । पुल निर्माण भएपछि स्थानीयवासीलाई आवतजावत र सामान ढुवानीमा सहज हुने भएको छ । रासस