२०८१ बैशाख १६ , आइतवार

सुनको मुल्यमा सामान्य गिरावट

gold-1

सुनाखरी न्युज/ काठमाडौं । बुधबार सुनको भाउ सामान्य घटेको छ भने चाँदीको स्थिर छ । मंगलबार प्रतितोला १ लाख ८ हजार ९ सय रुपैयाँमा कारोबार भएको छापावाल सुनको मुल्य आज तोलामा १ सय रुपैयाँले घटेर १ लाख ८ हजार ८ सय रुपैयाँमा कारोबार भएको छ ।

त्यस्तै तेजावी सुनको मुल्य पनि प्रति तोलामा १ सय रुपैयाँले घटेर १ लाख ८ हजार ३ सय रुपैयाँमा कारोबार भएको छ । चाँदीको मुल्य स्थिर रहँदै प्रतितोला १ हजार ३ सय ४० रुपैयाँमा कारोबार भइरहेको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासंघले आज प्रति १० ग्राम छापावाल सुनको भाउ ९३ हजार २ सय ८० रुपैयाँ, १० ग्राम तेजावी सुनको मुल्य ९२ हजार ८ सय ५० रुपैयाँ र प्रति १० ग्राम चाँदीको मुल्य १ हजार १ सय ४९ रुपैयाँ कायम गरेको छ ।