२०८१ जेठ ४ , शुक्रवार

जुवाखालबाट २५ जना पक्राउ

arrested

सुनाखरी न्युज /  काठमाडौं ।

कञ्चनपुरका दुई जुवाखालबाट चार लाख नगदसहित २५ जना पक्राउ परेका छन् । गुलरियाबाट १५ र बागफाँटाबाट १५ जुहाडे चार लाख ३१ हजार पाँच सय पाँच रुपैयाँसहित पक्राउ गरेको प्रहरीले जनाएको छ।

 

मदिरा पसलबाट जुवा खेलिरहेको अवस्थामा दुई लाख नगदसहित १५ जना र भीमदत्त नगरपालिका – १९ बागफाँटाको जुवाखालबाट दुई लाख ७७ हजार पाँच हजार पाँच रुपैयाँ नगदसहित १० जना पक्राउ गरेका हुन्।

 

गोप्य सूचनाका आधारमा प्रहरी टोलीले जुवाखालबाट पक्राउ गरेको जानकारी दिए ।