२०८१ असार ३ , आइतवार

सानिमा बैंकका ग्राहकहरुलाई तिलगंगा सिटि आँखा सेन्टरमा छुट

Capture

सुनाखरी न्युज/ काठमाडौं । सानिमा बैंकले आफ्ना ग्राहकहरुलाई डिजिटल बैंकिङ्गका माध्यमहरु प्रयोग गरी डिजिटल भुक्तानीको प्रोत्साहन गर्न तिलगंगा सिटि आँखा सेन्टर प्रालिमा छुटको व्यवस्था गरेको छ ।

उक्तव्यवस्थाअन्तर्गत सानिमा बैंकको भिसा डेबिट÷क्रेडिट कार्ड वा सानिमा मोबाइल बैंकिङ्ग एप प्रयोगकर्ताहरुले डिजिटल भुक्तानीगर्दा १० प्रतिशत सम्मको विशेष छुट पाउने भएका छन् । साथै ग्राहकहरुले पहिलो पटक आँखा जाँच गर्दा रु ५० को परामर्श शुल्क मात्र लाग्ने छ । बैंकले यसैगरी ग्राहकहरु लाई विभिन्न छुट तथा अफरहरु प्रदान गरी डिजिटल भुक्तानीको अधिकतम प्रयोग गर्न प्रोत्साहन गर्दै आएको छ ।

छुटको विस्तृत विवरण बैंकको वेबसाइट https://www.sanimabank.com/products/cards/discount-outlets मा उपलब्ध छ ।