२०८१ बैशाख १७ , सोमवार

बढ्यो सुन भाउ

gold1

सुनाखरी न्युज/ काठमाडौं । नेपाली बजारमा सुनको भाउको बढोत्तरीले मंगलबार पनि निरन्तरता पाएको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको भाउ तोलामा ३०० रुपैयाँले बढेको हो।

यो सँगै प्रतितोला फाइन गोल्ड १ लाख ८ हजार ९०० रुपैयाँ र तेजाबी गोल्ड १ लाख ८ हजार ४०० रुपैयाँ कायम भएको छ। हिजो पनि सुनको भाउ तोलामा १ हजार रुपैयाँले बढेको थियो। यो दिन प्रतितोला फाइन गोल्ड १ लाख ८ हजार ६०० रुपैयाँ र तेजाबी गोल्ड १ लाख ८ हजार १०० रुपैयाँमा कारोबार भएको थियो।

आज चाँदीको भाउ तोलामा ५ रुपैयाँले घटेर १ हजार ३४० रुपैयाँ कायम भएको छ। हिजो तोलामा १५ रुपैयाँले बढेर चाँदी १ हजार ३४५ रुपैयाँमा किनबेच भएको थियो।