२०८१ बैशाख २० , बिहिवार

लुमिनस EX-Change महा उत्सव २०८०: “Use Your Ex – To Get Your Next” एक्सचेन्जमा ३५% सम्म छुट

Capture

सुनाखरी न्युज/ काठमाडौं । पावर ब्याकअप सोलुसनको क्षेत्रमा अग्रणीर ख्याति प्राप्त अन्तर्राष्ट्रिय ब्रान्ड लुमिनसलेदसैँ–तिहार र छठलाई चाडपर्वलाई लक्षित गरी “Use Your Ex – To Get Your Nextभन्ने ट्यागलाइनको साथ लुमिनस एक्स-चेन्ज महा उत्सव २०८०” अफरको घोषणा गरेको छ।

लुमिनसको यस फेस्टिवलएक्स-चेन्ज अफर अन्तर्गत ग्राहकहरुले नयाँ लुमिनस ब्याट्री सँग कुनै पनि ब्रान्डको पुरानो ब्याट्री एक्सचेन्ज गरी ब्याट्रीको अधिकतम खुदरा मूल्य – एमआरपी रकममा ३५% छुट सम्म पाउँन सक्ने छन्। कम्पनीका अनुसार एक्सचेन्ज अफर१०० AH भन्दा माथिका ब्याट्रीहरुमा लागू हुनेछ र ग्राहकहरुले उही ब्याट्री AH सँग एक्सचेन्ज गर्नुपर्ने हुनेछ। फेस्टिभल अफरको बारेमा बोल्दै, लुमिनस पावर ब्याकअप सोलुसनका लागि नेपालको एकमात्र आधिकारिक बितरक अमट्रेड प्रालीका बिजनेस युनिट हेड योगराज ढुंगानाले भने, “लुमिनस EX-चेन्ज महा उत्सव २०८० अफर घोषणा गर्न पाउँदा हामी हर्षित छौं। यो अफरले ग्राहकहरूलाई उहाँहरूको पावरब्याकअप सिस्टमहरू अपग्रेड गर्न मात्र होइन, पुराना ब्याट्रीहरूको जिम्मेवार डिस्पोजललाई पनि प्रोत्साहन गर्छ। यो सबैको लागि जित हो, र हामी हाम्रा ग्राहकहरूका लागि यो चाडपर्वको सिजन साँच्चै विशेष बनाउन तत्पर छौं।”

कम्पनीले चाडपर्वको सिजन नजिकिँदै गर्दा, Luminous EX-Change महा उत्सव २०८०अफरले हरेकनेपालका घर र हृदयलाई उज्यालो बनाउनेविश्वासलिएको छ । उक्त एक्स-चेन्ज अफर २१ असोज २०८० देखि ३ मंसिर २०८० सम्म लागू हुनेछ ।

रासस