२०८१ जेठ ५ , शनिवार

नेलम्बो नेपालले अन्न्पूर्ण गाउँपालिकाका विद्यालयमा ७ लाख ५० हजार आर्थिक सहयोग

Capture

सुनाखरी न्युज/ पोखरा । पोखरा ४ गैह्रापाटनमा रहेको नेलम्बो नेपालले अन्नपूर्ण गाउँपालिका वडा नं. ६ लुम्लेमा रहेको श्री सिद्ध आधारभूत विद्यालयमा शैक्षिक गुणस्तर अभिवृद्धि गर्नको लागि लागि रु ५ लाख र अन्नपूर्ण गाउँपालिका वडा नं. २ पाउँदुरमा रहेको श्री पाउँदुर आधारभूत विद्यालयमा रु २ लाख ५० हजार रुपैया सहयोग गरेको हो ।

नेलम्बो नेपालले उक्त रकम विद्यालयको नाम र नेलम्बो नेपालको संयुक्त नाम हुनेगरी शैक्षिक विाकस अक्षयकोषको स्थापना गरेको हो । उक्त कार्यक्रममा नेलम्बो नेपालका अध्यक्ष एक देव देवकोटाले दुई वटा विद्यालयमा ७ लाख ५० हजारको चेक अन्नपूर्ण गाउँपालिकाका अध्यक्ष विष्णु बहादुर के.सी. उपाध्यक्ष चन्द्रकला देवकोटा गाउँपालिका युवा तथा शिक्षा विकास शाखा प्रमुख बलराम भुँगाई, विद्यालय व्यवस्थापन समितिका अध्यक्षहरु, प्रधानाध्यापकहरु र विद्यालयसँग प्रत्यक्ष सरोकार राख्ने सरोकार वालाहरुको रोहवरमा एक कार्यक्रमका बीच हस्तान्तरण गरेको हो । हस्तान्तरण पक्षात बोल्दै नेलम्बो नेपालका अध्यक्ष एक देव देवकोटाले नेलम्बो नेपाल शिक्षा, स्वास्थ्य र वातावरणको क्षेत्रमा अन्नुर्ण गाउँपालिकालाई पनि आफ्नो कार्यक्षेत्र बनाई कार्य सञ्चालन गरेको र यी दुवै विद्यालयको शैक्षिक विकास उन्नयनका लागि संस्थाले अक्षयकोष स्थापना गरेको र उक्त कोषको विद्यालयहरुद्धारा सही सदुपयोग हुनेमा आफ्नो संस्था विश्वस्थ रहेको बताउनु भयो ।

 

उहाँले अन्नपूर्ण गाउँपालिकामा पहिले देखिनै सक्रिय रुपमा कार्यहरु गरेको र कोभिड १९ को विषम् परिस्थिमिा पनि उल्लेखनीय सहयोग गरेको स्मरण गर्नु भयो । उहाँले आवश्यकता र क्षमताका आधारमा अन्नपूर्ण गाउँपालिकामा थप कार्यक्रमहरु पनि गर्दै जाने पनि बताउनु भयो । अन्नपूर्ण गाउँपालिकाका अध्यक्ष विष्णु बहादुर के.सी. ले नेलम्बो नेपालले आफ्नो गाउँपालिकामा उल्लेखनीय कार्यहरु गर्दै आईरहेकोमा आभार व्यक्त गर्नु भयो । उहाँले समग्र अन्नपूर्ण गाउँपालिकाको शैक्षिक विकासका लागि विभिन्न संघस्थाहरुसँग हातेमालो गर्ने पनि बताउनु भयो । उहाँले अन्नपूर्ण गाउँपालिकामा शिक्षाको गुणस्तर अभिवृद्धि गर्नको लागि पूर्ण रुपमा अग्रसर रहेको प्रष्ट पार्नु भयो । अन्नपूर्ण गाउँपालिकाकी उपाध्यक्ष चन्द्रकला देवकोटाले शिक्षा, स्वास्थ्य र वातावरणको क्षेत्रमा नेलम्बो नेपालले पु¥याएको योगदानको कदर गर्नु पर्ने पनि बताउनु भयो । त्यसै गरी पालिकाका शिक्षा संयोजक वलराम भुँगाईले नेलम्बो नेपालले गाउँपालिका भरी गरेको सहयोग अतुलनीय रहेको र कोभिड १९ को विषम् परिस्थितिको सहयोग गाउँपालिका बासिले विर्सन नहुने पनि बताउनु भयो ।

 

उहाँले शिक्षाको गुणस्तर विकासका लागि गाउँपालिका कार्यान्ययनको पक्षमा रहेको र विद्यालयमा शिक्षाको गुणस्तर बढाउनमा विद्यालय व्यवस्थापन समिति, शिक्षक र अभिभावक पूर्ण रुपमा अग्रसर हुनुपर्ने बताउनु भयो । उक्त कार्यक्रममा अन्नपूर्ण गाउँपालिका वडा नं. ६ का अध्यक्ष एकदेव देवकोटा वडा नं. ३ का अध्यक्ष फडिन्द्र पौडेल, विद्यालयका प्रधानाध्यापक टेक नाथ देवकोटा र बसन्ति देवकोटाले पनि आफ्नो भनाईहरु राख्दै नेलम्बो नेपालले गरेको सहयोगको प्रशंशा गर्नु भयो ।
रासस