२०८१ जेठ ४ , शुक्रवार

बिराटनगर स्थित सिमा नाकामा तालिम प्राप्त कुकुर सहितको प्रहरी चेकिङ

Capture

सुनाखरी न्युज/ काठमाडौं । मोरङको बिराटनगर रानी स्थित सिमा नाकामा तालिम प्राप्त कुकुर सहितको प्रहरी टोलीद्वारा कडाईका साथ चेकजाँच सुरु गरिएको छ ।

कोशी प्रदेश प्रहरी कार्यालय बिराटनगरको “सुरक्षा सुनिश्चितता अभियान २०८०” अन्तरगत नजिकिदै गरेको चाडपर्वलाई लक्षित गरी असोज १९ गतेबाट दैनिकरुपमा सिमावर्ती इलाकामा तालिम प्राप्त कुकुर सहित थप कडाइका साथ चेकजाँच शुरु गरिएको हो । कोशी प्रदेशको मुख्य नाका रहेको बिराटनगरको जोगवनी तथा आसपासको सिमावर्ती क्षेत्रबाट हुन सक्ने लागुऔषध ओसार पसार, बिष्फोटक पदार्थ तथा अन्य अपराधिक गतिबिधी नियन्त्रणको लागि २ वटा तालिम प्राप्त कुकुर सहितको प्रहरीले टोलीद्वारा सिमा नाकामा आवत जावत गर्ने संकित ब्यक्तिहरु तथा सवारी साधनहरुलाई कडाईका साथ चेकजाँच गरिदै आएको छ ।

जस अन्तरगत हिजो ४१ वटा सवारी साधन चेकजाँच तथा २०० जना मानिसहरुलाई सचेतनामुलक प्रशिक्षण प्रदान गरिएको थियो ।