२०८१ जेठ ४ , शुक्रवार

काठमाडौंमा दुर्गा प्रसाईंलाई कालोमोसो

Durga-Prasain-1024×624

सुनाखरी न्युज/ काठमाडौं ।

मेडिकल व्यवसायी दुर्गा प्रसाईंलाई अज्ञात व्यक्तिहरुले काठमाडौंमा कालोमोसो दलेका छन् । राजधानीको यल्लो प्यागोडा होटलमा प्रसाईंले दिउँसो १२:४५ बजे पत्रकार सम्मेलन राखेका थिए ।

कार्यक्रम हलबाट बाहिरिएलगत्तै विवादास्पद अभिव्यक्ति दिंदै आएका उनलाई अज्ञात व्यक्तिहरुले कालोमोसो दलेका हुन् ।

 

प्रसाईंले पूर्वराजा ज्ञानेन्द्र शाहलाई झापामा ल्याएर ‘राष्ट्र, राष्ट्रियता, धर्म, संस्कार र नागरिक बचाउ महाअभियान’ घोषणा गरेका थिए ।

त्यसयता उनले अन्य विभिन्न व्यवसायीहरुलाई लक्षित गरेर विवादास्पद अभिव्यक्ति दिंदै आएका छन् ।