२०८१ जेठ ५ , शनिवार

साडी अवतारमा यस्तो देखिइन् ६८ वर्षीया रेखा

rekha

सुनाखरी न्युज / काठमाडौं ।

९० दशककी चर्चित बलिउड अभिनेत्री रेखाले आफ्नो दमदार अभिनयले मानिसको मन मुटुमा बस्न सफल भएकी छन् । ६८ वर्षीया रेखा आजपनि आफ्नो लुकले चर्चामा आउने गर्छिन् ।

 

अहिले पनि उत्तिकै अनुहारमा चमक र फिट देखिन्छिन् । अभिनेत्री रेखा ६८ वर्षकी भइसक्दा पनि सुन्दरतामा कुनै कमी देखिँदैन । तर रेखाले आफ्नो पहिरन भने सधैं एउटै खालको गर्छिन् ।

 

सधैं साडी लगाउने विषयलाई लिएर उनले सावर्जनिक कार्यक्रममा पनि खुलासा गरिसकेकी छन् । रेखाले भनेकी थिइन् ‘त्यसो त यो कुरा व्यक्तिगत हो तर पनि म भन्न सक्छु ।’ रेखाले भनेकी थिइन् यो उनको ट्रेडिसन हो र यो उनको पहिचान हो ।