२०८१ बैशाख २० , बिहिवार

तोलामा रु.१ हजारले बढ्यो सुन

gold-1

सुनाखरी न्युज/ काठमाडौं ।नेपाली बजारमा सोमबार सुनको भाउ बढेको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको भाउ तोलामा १ हजार रुपैयाँले बढेको हो।

यो सँगै प्रतितोला फाइन गोल्ड १ लाख ८ हजार ६०० रुपैयाँ र तेजाबी गोल्ड १ लाख ८ हजार १०० रुपैयाँ कायम भएको छ। हिजो आइतबार पनि सुनको भाउ तोलामा ३०० रुपैयाँले बढेको थियो। यो दिन प्रतितोला फाइन गोल्ड १ लाख ७ हजार ६०० रुपैयाँ र तेजाबी गोल्ड १ लाख ७ हजार १०० रुपैयाँमा कारोबार भएको थियो।

आज चाँदीको भाउ पनि तोलामा १५ रुपैयाँले बढेर १ हजार ३४५ रुपैयाँ कायम भएको छ। हिजो तोलामा २० रुपैयाँले बढेर चाँदी १ हजार ३३० रुपैयाँमा किनबेच भएको थियो।