२०८१ जेठ ३ , बिहिवार

क्याम्ब्रिज स्कलरसिप डे भोलीबाट

Capture

सुनाखरी न्युज/ काठमाडौं । उच्च शिक्षाका लागि विदेश जाने सोच बनाइरहेका विद्यार्थीलाई सहि सूचना प्रवाह गर्ने उद्देश्यले भोलीबाट ‘क्याम्ब्रिज स्कलरसिप डे’ सुरु हुँदैन । डेढ दशकदेखि शैक्षिक परामर्श क्षेत्रमा काम गर्दै आइरहेको क्याम्ब्रिजले क्यानडा, युके र अस्ट्रेलियाका लागि स्कलरसिप डे आयोजना गरेको हो ।

भोली सोमबार काभ्रेको बनेपा तथा बुधबार काठमाडौं बागबजारस्थित क्याम्ब्रिजको मुख्य कार्यालयमा क्याम्ब्रिज स्कलरसिप डे हुनेछ । कार्यक्रममा क्यानडा, युके र अस्ट्रेलियाका प्रतिष्ठित विश्वविद्यालय र कलेजका प्रतिनिधिहरुले विद्यार्थीहरुलाई करियर काउन्सेलिङ गर्नुका साथै अर्बोड स्टडीका बारेमा जानकारी दिनेछन् ।

क्याम्ब्रिजका संस्थापक निर्देशक शिशिर सिंखडाले क्याम्ब्रिज स्कलरसिप डेमा क्यानडा, युके र अस्ट्रेलियाको शैक्षिक अवस्था, विश्वविद्यालय र कलेजको बारेमा यथार्थ जानकारी दिइनुका साथै विद्यार्थीहरुको शैक्षिक, आर्थिक योग्यता हेरेर करियर काउन्सेलिङ गरिनेछ । ‘अर्बोड स्टडीका लागि प्लान बनाईरहेका विद्यार्थीहरुले यो कार्यक्रमबाट धेरै सूचनाहरु प्राप्त गर्न सक्छन् । क्यानडा, युके र अस्ट्रेलियाका प्रतिष्ठित कलेज र विश्वविद्यालयका प्रतिनिधिहरुबाट डाइरेक्ट कुराकानी गर्न पाउँछन् ।’ कार्यक्रममा विद्यार्थीको शैक्षिक, आर्थिक अवस्था हेरेर कतिपय कलेज र विश्वविद्यालयले स्कलरसिप समेत दिने कार्यक्रम छ ।

स्कलरसिप डेमा विद्यार्थीले मान्यताप्राप्त शैक्षिक परामर्शदाताबाट उच्च शिक्षाका लागि किन विदेश जाने ? कस्ता देश जाने ? कसरी जाने, कस्ता विषयहरु पढ्ने ? लागत, भिजा प्रक्रिया, छात्रवृत्ति, आइएलटिएस, पिटिई जस्ता भाषा कक्षाका बारेमा जानकारी हासिल गर्न सक्नेछन् ।