२०८१ बैशाख २० , बिहिवार

टाटा मोटर्सको बडा दशैं बडा अफर

Capture

सुनाखरी न्युज/ काठमाडौं । नेपालका लागी टाटा मोटर्सको एकमात्र अधिकारिक वितरक, सिप्रदी ट्रेडीङ्ग प्रा.लि. ले बिजया दशमी, तिहार र छठ पर्व २०८० को अवसरमा नयाँ गाडी खरिदकर्ता हरुलाई टाटा मोटर्स बडा दशंै बडा अफर सार्वजनिक गरेको छ ।

उक्त योजना अन्तर्गत ग्राहक महानुभावहरुले टाटा आइस रेञ्जका गाडीको खरिदमा रु सात लाख तीस हजार सम्मको फाईदा प्राप्त गर्न सक्नुहुनेछ । यस योजनामा नगद छुट, वार्षिक सवारी करमा छुट, एक वर्षको बीमा सुविधा, एक्सचेन्ज बोनस र एक्सेसरिजहरु प्राप्त गर्न सक्नेछन् । यसका साथै टाटा इभी गाडीहरुमा पनि आकर्षक अफरहरु रहेको कम्पनिले जनाएको छ । इभी तथा आइस रेञ्जका अफरहरु तथा थप जानकारिका लागि नजिकको टाटा मोटर्स्का शोरुमहरुमा सम्पर्क गर्नुहुन कम्पनिले अनुरोध गरेको छ ।

 

बडा दशैंको शुभ अवसरमा ग्राहक महानुभावहरुले टाटा मोटर्सको सोरुममा गएर नयाँ तथा अत्याधुनिक डिजाइनका उत्पादनहरु एच फाईभ, सफारी, नेक्सन, टियागो, टिगोर, पन्च, नेक्सन इभी, टिगोर इभी र टियागो इभी लगायतका आइस र इभी रेञ्जका गाडीहरु अवलोकन र टेष्ट ड्राइभ गर्न सक्नुहुनेछ । यस उपहार योजनामा सहभागी भई नयाँ गाडी खरिद गरेर भरपुर फाईदा उठाउनुहुन सिप्रदी ट्रेडीङ्ग प्रा.लि.ले अनुरोध गरेको छ ।