२०८१ जेठ ५ , शनिवार

बढेन सेयर बजार

Share Down

सुनाखरी न्युज/ काठमाडौं । केन्द्रीय बैंकको नयाँ निर्देशनप्रति सेयर बजारका लगानीकर्ता बेखुशी देखिएका छन् । नयाँ निर्देशन जारीपछि आइतबार बजार खुलेको हो । तर यस दिन सेयर बजार परिसूचक ३५.६७ अंकले घटेर १९२१.२४ अंकमा आइपुगेको छ ।

 

१ अर्ब ८० करोड रुपैयाँभन्दा बढीको सेयर कारोबार भएको छ भने सबै समूह घटेका छन् । केन्द्रीय बैंकले गत बिहीबार साँझ एकीकृत निर्देशन संशोधन गर्दै सेयर धितो कर्जाको सीमा केही बढाउने निर्णय गरेको थियो । तर यसबाट लगानीकर्ता खुशी हुन सकेनन् । निर्देशन अनुसार सेयर धितो कर्जाको सीमा १२ करोडबाट बढाएर व्यक्तिका हकमा १५ करोड पुर्याइएको छ । यस्तै, सस्थागततर्फ १२ करोडबाट बढाएर २० करोड पुर्याइएको छ ।

 

लगानीकर्ताले सेयर धितो कर्जामा कायम १५० प्रतिशतको जोखिमभार १०० प्रतिशतमा झार्न अनि यस्तो सीमा पनि फराकिलो हिसाबले वृद्धि गर्न माग गरेका थिए । लगानीकर्ताका मागहरु सम्बोधन नभएपछि बजारले नकारात्मक प्रतिक्रिया दिएको हुन सक्ने अनुमान गरिएको छ । यद्यपि, केन्द्रीय बैंकले भने बाह्य क्षेत्रको दबाब कम गर्न विगतमा लिइएका कसिला नीतिहरु भने विस्तारै खुकुलो बनाउँदै गएको देखिन्छ ।