२०८१ बैशाख २३ , आइतवार

आइजीआई प्रुडेन्सियल इन्स्योरेन्स लिमिटेड र नीलकण्ठ नगरपालिका बिच निर्जीवन बीमा सेवा सम्बन्धि सम्झौता

Capture

सुनाखरी न्युज/ काठमाडौं । आइजीआई प्रुडेन्सियलइन्स्योरेन्स लिमिटेड र नीलकण्ठ नगरपालिकाबिच नगरवासीको बालिनाली, पशुपन्छी तथा कृषकहरुको व्यक्तिगत दुर्घटना बीमा गराउने सम्बन्धमा सम्झौता भएको छ ।

 

उक्त सम्झौतापत्रमाआइजीआई प्रुडेन्सियलइन्स्योरेन्स लिमिटेडका मुख्यप्रबन्धक शिव प्रसाद लामिछाने र नीलकण्ठ नगरपालिकाको तर्फबाट प्रमुख प्रशासकीय अधिकृत  पुरुषोत्तम सुवेदीले हस्ताक्षर गर्नुभयो । उक्त सम्झौता पश्चात नीलकण्ठ नगरपालिकामा रहेका सम्पूर्ण कृषक दाजु भाईतथादिदीबहिनीहरुले आफ्नो पशुपन्छी तथाबालिनालीको बीमा ढुक्कसँग आइजीआई प्रुडेन्सियलइन्स्योरेन्स लिमिटेडबाट गर्नसक्ने छन् भने नगरवासीको भौतिक सम्पत्ति, कृषकहरुको बालिनाली,पशुपन्छी तथा कृषकहरुको व्यक्तिगत दुर्घटना बीमागराउने प्रतिवद्धतासहितधादिङजिल्लामानै नमूनानगरपालिकाको रुपमा रहेको छ ।

 

सोहीअवसरमाप्रशासकीयअधिकृत श्रीपुरुषोत्तम सुवेदीले आफूले आफ्नानगरवासी कृषक दाजुभाई तथादिदीबहिनीहरुको पशुपन्छी, बालिनालीको बीमापश्चातकुनै कृषक दाजुभाई तथादिदीबहिनीकोबीमागरिएको कुनै पनि सम्पत्तिको हानी नोक्सानीभएमासो को क्षतिपूर्ति तुरुन्तप्राप्तगर्न नगरपालिकाले आइजीआई प्रुडेन्सियलइन्स्योरेन्स लिमिटेडसँग सम्झौता गरी व्यवस्थामिलाएको हुनाले कृषकहरुले आफ्नो सम्पत्तीको बीमा गरी ढुक्क भएर पशुपन्छी पालनलयागत कृषिउपजमाव्यक्तिगत र व्यावसायिक रुपमालगानी गरी उत्पादन बढाउन अनुरोध गर्नुभयो । साथै, यस कार्यमानगरपालिकाले अभिभावकको रुपमा रहेर नगरवासीहरुलाई सेवागर्ने प्रतिवद्धता पनिव्यक्तगर्नुभयो ।

 

आइजीआई प्रुडेन्सियलइन्स्योरेन्स लिमिटेड रनीलकण्ठ नगरपालिकाले आफ्नानगरवासीलगायतनगरभित्र रहेका कृषकहरुको सामूहिकहितहुने गरी कम्पनीसँगबीमागर्ने अवसर प्रदान गरेकोमानगरवासीहरुलाई उच्च कोटीको बीमा सेवाप्रदानगर्ने कम्पनीले जनाएको छ भने आफ्नानगरवासीहरुको सम्पत्तिको बीमा गराएर सुरक्षितबनाउनउत्प्रेरकको भुमिकानिर्वाह गरी सराहनीयकार्य गर्नु भएकोमानगर प्रमुख,प्रशासकीयअधिकृतश्री पुरुषोत्तम सुवेदी, लेखाअधिकृत श्री आर्जन श्रेष्ठ लगायतनगरपालिकाको टिमलाई धन्यवाददिँदै नगरवासीहरुलाई आवश्यक पर्ने सबै प्रकारका निर्जीवनबीमा सेवाआइजीआई प्रुडेन्सियलइन्स्योरेन्स लिमिटेडबाट प्राप्तगर्न सकिनेहुनाले ढुक्क भएर सेवालिनकम्पनीले आव्हान गरेकोछ ।